एकिन्द्र तिमिल्सिना
धनगढी, वैशाख ३। कैलालीको अत्तरिया नगरपालिका वडा नम्बर १३ स्थित मनेहरा खोलामा डुबेर बिहीबार तीन बालिकाको ज्यान गएको छ। मृत्यु हुनेमा गोरै गिरीका १३ वर्षीया छोरी करिश्मा, बझाङ्ग घर भई हाल धनगढीमा कार्यरत प्रहरी हवल्दार रमेश नाथका १२ वर्षीया अष्मिता र ८ वर्षीया छोरी अनिशा रहेका छन्।
धनगढी नगरपालिकाको शिवनगरमा बसिरहेका अस्मिता र अनिशा विद्यालय छुटि्टको समयमा फूपुको घर अत्तरिया गएका थिए।
दिउसो १२ बजेतिर खोलामा नुहाउन गएका तीन दिदीवहिनी डुबेको खबर पाएपछि इलाका प्रहरी कार्यालय मालाखेती र औद्योगिक सुरक्षा बल अत्तरियाबाट प्रहरी टोली घटनास्थरतिर गएका थिए।
खोलामा पानी धेरै नभएपनि जमेको पानीमा डुबेर बालिकाको मृत्यु भएको प्रहरी निरीक्षक कुलद्विप चन्दले जानकारी दिनुभयो। मृतकहरुको सेती अञ्चल अस्पताल धनगढीमा पोष्टमार्टम गरी आफन्तलाई बुझाएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मितिः२०७२ वैशाख ३ गते बिहीवार
Comment Here!