महिला खवर
दाङ,वैशाख ३। दाङमा असुरक्षित सुत्केरी हुने क्रम नघटेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ। कार्यालयका अनुसार ५९ प्रतिशत महिलामात्र स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने गरेका छन्। कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अझै जिल्लाका ४१ प्रतिशत महिलाले असुरक्षित रुपमा घरमा नै बच्चा जन्माउने गरेका छन्।
कार्यालयका प्रमुख भुवन पौडेलका अनुसार ५९ प्रतिशत महिलामध्ये ५३ प्रतिशतले जिल्लाका विभिन्न ठाउँमा रहेका अस्पताल, गाउँका बर्थिङ सेन्टर र ६ प्रतिशत महिला जिल्ला बाहिरका अस्पतालमा गएर सुत्केरी हुने गरेका छन्। आर्थिक अभाव, चेतनाको कमी, लाज मान्ने प्रवृत्तिलगायतका कारण अझै पनि जिल्लाका ४१ प्रतिशत महिलाले असुरक्षितरुपमा घरमै बच्चा जन्माउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।
त्यसैगरी गर्भवती अवस्थामा चार पटक स्वास्थ्य जाँच गराउने, बच्चा जन्मिसकेपछि छ महिनासम्म दूध मात्रै चुसाउने, आमाले आइरन चक्की खानेहरूको सङ्ख्या पनि सन्तोषजनक नरहेको प्रमुख पौडेलले जानकारी दिनुभयो। प्रकाशित मितिः २०७२ वैशाख ३ गते बिहीवार
Comment Here!