अज्ञानताले निम्त्याउँदैछ पाठेघरकाे समस्या


प्रकाशित मिति :2015-04-16 08:06:44

साधना विश्वकर्मा

ललितपुर ,चैत २९ । दाङ् पवन नगरकी भिमा बाँठाले लगातार चारपटक गर्भपतन गराईन् । पटक पटक गर्भपतन गराउादा अहिले उनलाई पाठेघरको समस्या छ । दुई छोरी भए पनि घरको वंश जोगाउन र अंश धान्न छोरा चाहिन्छ भन्ने मान्यताले उनी पाठेघरको समस्याबाट पीडित भएकी हुन ।Paropakar Maternity
धेरै छोरी हुादा श्रीमानले अर्को विहे गर्ने डरले र घरपरिवार वाट तिरस्कृत भईने त्रासले गर्भमै बच्चाकाे लिङ्ग पहिचान गरि ‘क्युरेट’ गरेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘पहिलो र दोस्रो सन्तान छोरी भएपछि घरमा मैले पहिलेको भन्दा अलि फरक व्यवहार पाएा । त्यही कारणले छोरा जन्माउने रहरमा लगातार चार पटक सम्म्ा गर्भ परिक्षण गरी क्युरेट गर्दा अहिले पाठेघर समस्यावाट ग्रसित भएकी छु ।’

अहिले उनलाई पाठेघरको शल्यक्रिया नै गर्नुपर्ने भएको छ । पाठेघरमा घाउ भई फैलिन थालेपछि उनलाई बाहिर हिाडडुल गर्न समेत समस्या भएको छ । पाठेघरमा क्यान्सर हुने सम्भावना भएकोले डाक्टरले उनलाई शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएका छन् । अहिले तिनै दुई सन्तान जीउने सहारा भएका छन् ।

पटक पटक गर्भपतन गर्ने भिमा जस्ता अन्य धेरै महिलालाई पनि पाठेघरको समस्यामा पर्ने गरेका छन् । । सरकारी मान्यता प्राप्त अस्पताललाई गर्भपतन गराउन सरकारले कानुनी मान्यता दिएपनि गर्भमा नै भ्रुण पहिचान गरी गर्भपतन गराउन पाईंदैन । तर अझै पनि छोराको चाहनामा गर्भ मै लिङ्ग पहिचान गरि गर्भपतन गराउनेहरूको सङ्ख्या कम छैन ।

छोराको रहरमा मात्रै हैन अनियन्त्रित र गैर शारीरिकसम्बन्धका कारण तीन पटकसम्म गर्भपतन गराएकी प्युठानकी सीता पोखरेल ‘नाम परवर्तन’ पनि पाठेघर समस्या बाट पीडित छन् ।
सानै उमेरमा प्रेम समबन्धमा परेकी सीता विवाह नहुँदै पाठेघरको समस्यामा परेकी हुन् । गाउँकै मेडिकलबाट औषधी खाएर उनले एउटै गर्भलाई लगातार तीन चोटीसम्म पतन गराइन् । पटक पटक औषधी सेवन गरी गराएको गर्भपतनले उनलाई अन्तत पाठेघरको रोगी वनायो ।

उनको पनि पाठेघरको ठााउ ठााउमा घाउ भएका छन् । उनले आफ्नो स्वास्थ्यअवस्था देखाउन धेरै अस्पताल गइसकेकी छन् । उनी भन्छिन्, ‘सन्चो वनाउँछौ भन्ने धेरै अस्पताल औषधी खाएँ । तर आफ्नो समस्या भने जस्ताको तस्तै छ ।’

परिवारले थाहा पाए गाली गर्छन् भन्ने डरले उनले क्युरेट गरेकोे दिनदेखि भारी बोक्ने र उकालो ओरालो गर्ने जस्ता काममा गरिन् । त्यसले गर्दा उनी अविवाहित अवस्थामै पाठेघरको रोगी वन्न पुगेकी हुन् । उनी भन्छिन् ‘सरकारी मान्यता नपाएको मेडिकलको औषधी खाँदा अहिले यो उमेरमा नै पाठेघरको रोगी वन्न पुगेँ ।’ सरकारी मान्यता प्राप्त अस्पतालहरूलाई गर्भपतन गराउन पाउने कानुनी मान्यता दिए पनि पैसाको लालचमा परी निजी मेडिकलहरूले पनि जथाभावी औषधी बेचेर महिलाको स्वाथ्यलाई जोखिममा पार्ने गरेका छन् ।

पछिल्लो चरणमा गर्भपतन गराउनेहरूको संङ्ख्या बढेसागै पाठेघर समस्यामा पर्ने महिलाको संङ्ख्या पनि धेरै छ । पाठेघर जस्तो जटिल रोगको समयमा नै उपचार नहुने हो भने पाठेघरमा क्यान्सर हुने सम्भावना धेरै रहेको विशेषज्ञहरू बताउाछन् ।

वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्राध्यापक डा.सरस्वती उपाध्याय पछिल्लो समयमा परिवार नियोजनका साधन प्रयोग गर्नेको सङ्ख्या बढिरहेकोले गर्भपतनमा अलि कमी आएको बताउँछिन् । यसको गलत प्रयोगले गर्दा महिलामा पाठेघर समस्यामा पर्ने गरेको उनको भनाइ छ । उनी भन्छिन् ‘सरकारी मान्यता नपाएका र सम्बन्धित विषयको ज्ञान नभएकाले जथाभावी औषधी विक्रि वितरण गर्दा महिला पाठेघरको समस्यामा छन् ।’

असुरक्षित गर्भपतनलेे मात्र नभएर महिलाले कम उमेरमा बच्चा जन्माउने ,बच्चा जन्मादा उचित स्याहार नपाउने कारणले पाठेघरको समस्यामा पर्ने डा. उपाध्याय बताउँछिन् ।

उनी भन्छिन, ‘मेडिकलको औषधीकोे प्रयोग गर्दा एकैचोटी पाटेघर सफा नहुने र पटक पटक औषधी खाादा पाठेघरमा घाउ हुने , पाठेघरको झिल्लिसुनिने जस्ता समस्या देखा पर्ने, समयमै उपचार नभए क्यान्सर समेत हुनेसक्नेे सम्भावना वढी छ ।’

प्रकाशित मितिः २०७१ चैत २९ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: