महिला हिंसाविरुद्ध कराँते


प्रकाशित मिति :2015-04-17 04:12:06

Untitled-1

काठमाडौं । नेपाल क्वानमुकान कराँते डो संघले आत्मरक्षाको लागि महिलालाई कराँते सिकाउन थालेको छ ।

२०५८ सालदेखि कराँते सिकाउँदै र खेलाउँदै आएको यो संघले महिला हिंसाविरुद्ध महिलालाई आत्मरक्षा सम्बन्धी तालिम दिन थालेको अध्यक्ष साम्देन शेर्पाले बताए ।

संघले महिला, पुरुष गरेर ६०० जना भन्दा बढिलाई कराँते सिकाइ सकेको छ । यसमा ७० जना महिला थिए । अहिले उनीहरूको प्रशिक्षण केन्द्रमा महिला पुरुषको संख्या बराबरी छ ।
IMG_8023
शेर्पा भन्छन् ‘हरेक दिन जसो महिला हिंसाका घटना सुन्न र पढ्न पाइन्छ । कतिपय घटना यति दर्दनाक छन् जसले हर कोहीलाई स्तब्ध बनाउँछ ।’ ‘समाजमा महिला शारीरिक रुपमा कमजोर हुन्छन् भन्ने नकारात्मक सोच हावी छ । यसको अन्त्य गर्ने एउटा माध्यम खेल क्षेत्र पनि हो’, उनले भने ।
बाटो हिँड्दा महिलालाई एक्कै देख्न वित्तिकै केटाहरूले ‘जिब्रो पड्काउने, सिठ्ठी बजाउने र अपशब्द बोल्ने गर्दछन्, त्यो बेला तपाईले फर्केर जबाफमा एक किक् दिनुभयो भने अर्को पटक बोल्ने हिम्मत गर्दैनन्’,— शेर्पाले भने ।

प्रशिक्षक मकर बहादुर श्रेष्ठ भन्छन् ‘महिलालाई शारीरिक रुपले कमजोर छौँ भन्ने भ्रम छ त्यो भ्रम कराँतेको आत्मरक्षा तालिमले हटाउन ठूलो सहयोग गर्दछ । त्यसकारण हरेक आमाबुबाले आफ्ना छोरीलाई सानैदेखि शिक्षासँगै कराँते पनि सिकाउन जरुरी छ ।’ सानैदेखि छोरीहरूमा आत्मबल बढ्यो भने आइपर्ने हरेक समस्याको समाधान गर्ने क्षमताको विकास हुने उनले बताए ।

दुईवर्षदेखि क्वानमुकानमा कराँतेको तालिम लिइरहेकी जलसा रम्तेललाई पढेर डक्टर बन्ने इच्छा छ । कक्षा ६ मा अध्ययनरत उनले भनिन् ‘विद्यालयमा एकजना केटाले जिस्क्याए , मैले उसलाई जित्नसक्छु भन्ने विश्वास थियो हिर्काइ दिए । अहिले ऊ मलाई आँखा उठाएर पनि हेर्दैन ।’ जलसाले कराँतेमा एउटा अन्तर्राष्ट्रिय र दुईवटा स्कुलस्तरिय मेडल जितेकी छिन् । उनको स्कुलमा पनि कराँते सिक्ने सुविधा छ ।
20141115_084816
जलसा बाटो हिँड्दा आफूलाई मात्र होइन आमालाई कसैले नराम्रो दृष्टिले हेर्यो भने उसलाई पनि नछोड्ने बताउँछिन् । उनले भनिन् हेरक मान्छेले आफ्नो रक्षा आफै गर्न सक्नुपर्छ ।

यसैगरी क्वानमुकानमा डेढवर्षदेखि कराँते सिक्दै आएकी दिपिका उप्रेतीले दक्षिण एशियाली खेलबाट २ वटा गोल्ड मेडल जितिसकेकी छिन् । उनले नेपालमा भएको अन्तरविद्यालयस्तरिय कराँतेमा ३ वटा गोल्डमेडल जितेको बताइन् ।

कक्षा ९ मा अध्ययनरत दिपिका पढाइमा पनि उत्तिकै तेजीली छन् । खेलले स्वाथ्यमात्र होइन आत्मविश्वास समेत बढाउने उनको भनाइ छ । उनले भविष्यमा कराँते खेलाडी बन्ने इच्छा रहेको बताइन् ।

संघले कराँते सिकाउनका लागि २१ ठाउँमा प्रशिक्षण केन्द्र खोलेको छ । उपत्यकाका बिभिन्न विद्यालयमा कराँते सिकाउँदै पनि आएको छ ।

राष्ट्रिय खेलकुद परिषद् अन्तरगत रहेको नेपाल क्वानमुकान कराँते डो संघले आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क तालिम दिएको अध्यक्ष शेर्पाले बताए ।
IMG_8039
शेर्पा अध्यक्ष भए लगत्तै भारतको दिल्ली र पुनामा सार्कस्तरीय खेल भएको थियो । त्यो खेलमा क्वानमुकानबाट २० जना खेलाडीले भाग लिएका थिए । त्यसमध्ये ५ जना बहिनीले गोल्ड मेडल लिएर आएको शेर्पाले बताए ।

क्वानमुकानमा कराँते सिकेर पुलिस, सेना र सुरक्षा गार्डमा जानेहरू धेरै भएको संघले जानकारी दिएको छ । कराँतेबाट सबैभन्दा बढि फाइदा महिलालाई भएको अध्यक्ष शेर्पाको भनाई छ ।

भिडियोको लागि शारीरिकमात्र होइन, मानसिक रुपमा तन्दुरुस्त रहनका लागि पनि यो खेल लाभदायक छ ।

प्रकाशित मिति २०७१ मंसिर ४ गते बिहिबार

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: