एसिड आक्रमण गर्ने जीवन झ्यालखानमा


प्रकाशित मिति :2015-04-17 07:43:08

महिला खवर
ललितपुर, वैशाख ४ । बसन्तपुरमा सिमा बस्नेत र संगीता मगरमाथि एसिड आक्रमण गरेको अभियोगमा पक्राउ परेका जीवन बिकलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश  दिएको छ । न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले पुर्पक्षका लागि आक्रमणकारी बिकलाई थुनामा राख्न आदेश दिएको हो।
अदालतको आदेश अनुसार बिकलाई केन्द्रीय कारागार चलान गरिएको छ । केन्द्रीय अनुसन्धन ब्यूरो सीआईबीले १२ वर्ष जेल सजाय माग गर्दै उनीविरुद्ध ज्यानसम्वन्धी उद्योगमा मुद्दा चलाएको छ। बसन्तपुरमा रहेको ए प्लस ट्युसन सेन्टरमा पढिरहेका संगीता र सीमामाथि फागुन  ११ गते विहान एसिड आक्रमण भएको थियो।
प्रकाशित मिति २०७२ वैशाख ४ गते शुक्रवार 

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: