महिला खवर
ललितपुर, वैशाख ४। साउदी अरबमा एक इण्डोनेशियाली घरेलु महिला कामदारको टाउको काटेर मृत्युदण्ड दिएको प्रति मानवअधिकार संगठन एमनेस्टी इन्टरनेशनलले आलोचना गरेको छ। सन् १९९९ मा छुरा प्रयोग गरी मालिकको हत्या गरेको अभियोगमा ती महिलालाई साउदी अरब सरकारले मृत्युदण्डको सजाय सुनाएको थियो।
एमनेस्टी इन्टरनेशनलले भनेको छ ‘हत्या गरिएकी सीति जेनब दुहरीले मालिकको हत्या गरेको स्वीकार गरेकी थिईन। कानूनी रुपमा उनलाइ आफ्नो वकील र आफ्नो देशको दुतावासबाट सहयोग लिने अनुमति दिइएको थिएन।’
साउदी अरबको सरकारी समाचार संस्थाका अनुसार मदीनामा रहेकी जैनब दुहरी मानसिक रुपमा कामजोर थिइन्।
प्रकाशित मिति २०७२ वैशाख ४ गते शुक्रवार
Comment Here!