ललितपुर,वैशाख ६ । देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा
जनसङ्ख्या मन्त्रालयको नियमित कार्यक्रम अनुसार वैशाख ६ र ७ गते ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँने छ ।
नगरपालिका र गाविसका हरेक वडामा तोकिएका केन्द्रहरूमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने व्यवस्था मिलाइएको बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।
देशभरका सबै नगरपालिका र गाउँ विकास समितिका वडाहरुमा तोकिएका केन्द्रबाट महिला स्वास्थ्य स्वयंसेविकाले औषधि खुवाउने व्यवस्था स्वास्थ्य जनसंख्या मन्त्रालयले गरेको छ ।
यो कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्षसम्मका २४ लाखलाई बालबालिका खुवाइने सरकारी योजना रहेको छ ।
यता राष्ट्रसंघीय बालकोष युनिसेफले हरेक वर्ष सञ्चालन गरिने यो अभियानले प्रत्येक वर्ष १२ लाख बालबालिकाको ज्यान बचाउँन भूमीका खेलेको जनाएको छ ।
प्रकाशित मिति २०७२ वैशाख ६ गते आईतवार
Comment Here!