प्रकाशित मिति :2015-04-19 10:23:28

म्याग्दी, वैशाख ६ । सौन्दर्य कला व्यवसायी संघ म्याग्दीले शनिबार मातातीर्थ औंसीमा गलेश्वर ज्येष्ठ नागरिक वृद्धाश्रममा रहेका बृद्ध आमाहरूलाई खाद्यान्न सहयोग गरेका छन्। आश्रममा आश्रित आमाहरूलाई व्यवसायीले फलफूल र खाद्यान्न उपहार दिएका हुन्।
मातातीर्थ औंसीको अवसर पारी आमाहरूको सम्झनास्वरुप उनीहरूले चालम, दाल, नुनतेल, साबुन, ग्लुकोज र फलफूल गरी करिब १३ हजार रुपैयाँको दैनिक उपभोग्य सामाग्री सहयोग गरेको सौन्दर्य कला व्यवसायी संघ म्याग्दीले जनाएको छ।
त्यसैगरी कार्यक्रमको अवसरमा संघका निवर्तमान अध्यक्ष सीता श्रेष्ठ तथा उपाध्यक्ष प्रमिला जोशीले ६ हजार रुपैयाँ ज्येष्ठनागरिक आश्रमलाई सहयोग गरेका छन्। त्यस्तै सोही अवसरमा नवलपरासी घर भएकी लक्ष्मी पौडेलले आफ्नो आमाको नाममा ज्येष्ठनागरिक वृद्धाश्रमलाई १० हजार पाँचसय र अन्नदान क्षेत्रलाई पाँचहजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको थियो।
गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले सौर्न्दयकर्मीले गरेको सहयोग अत्यन्त सराह्रनीय भएको बताउँदै यसले ज्येष्ठनागरिक आमाहरूलाई राहत मिलेको बताउनुभयो। उहाँले आफ्ना आमा नहुनेहरूले ज्येष्ठ नागरिकलाई सम्झनाले पुण्य मिल्ने बताउनुभएको थियो ।
प्रकाशित मितिः २०७२ वैशाख ६ गते अाईतवार
Like this:
Like Loading...
Comment Here!