गाविसका सबै महिला सहकारीमा


प्रकाशित मिति :2015-04-20 10:16:53

1 (15)हेटौंडा, वैशाख ७ । मकवानपुरको मार्खु गाविसका सबै घरधुरीका महिला सहकारीमा आवद्ध भएका छन् । ९५ प्रतिशत भन्दा बढी घरधुरीका महिला सहकारीमा आवद्ध भएपछि गाविसलाई सबै घरधुरीका महिला सहकारीमा आवद्ध भएको घोषणा गरिएको छ

कूल ६ सय ८९ घरधुरी रहेको गाविसका ५ सय ७७ घरका महिला स्थानीय सृजना महिला वचत तथा ऋण सहकारी संस्थामा आवद्ध भएका हुन् । गाविसमा घर भएर पनि बाहिर बसोबास गर्ने ४६ घरपरिवार तथा महिला नभएका र योग्यता नभएका ३४ घरधुरी गणना नगर्दा ९५ प्रतिशत घरधुरीका महिला सहकारीमा आवद्ध भएको घोषणा गरिएको हो ।अन्य कारणले ४८ घरधुरी सहकारीमा आवद्ध हुन छुटेको संस्थाले जनाएको छ । मंगलबार आयोजित औपचारिक कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर २ का सभसद् सुवासचन्द्र ठकुरीले सबै घरका महिला सहकारीमा आवद्ध भएको प्रमाणपत्र संस्थाका पदाधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो ।
02 (1)

                                                                       घोषणा सभामा सहभागी महिला

वि.सं. २०५६ सालमा सहकारीमा दर्ता भएर सुरु भएको संस्थामा हाल ७ सय ८६ जना शेयर सदस्य रहेका छन् । संस्थाले हालसम्म दुई करोड ६५ लाख रुपियाँको कारोबार गरेको छ । कार्यक्रममा बोल्दै सभासद ठकुरीले छुटेका घरधुरीलाई पनि समेटेर अघि बढ्न आग्रह गर्नुभयो ।
संस्थाकी अध्यक्ष सावित्री गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय विकास अधिकारी भोजराज खतिवडा, डिभिजन सहकारी कार्यालय मकवानपुरका प्रमुख भीमबहादुर परियार, जिल्ला वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष राधा सिन्तान, जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्साल, ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष शर्मिला श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
महिलाहरु सहकारीमा आवद्ध भएसँगै महिलामाथि भएको घरेलु हिंसामा समेत कमी आएको सहकारी संस्थाकी अध्यक्ष गौतमले बताउनुभयो । ग्रामीण महिला सेवा केन्द्रको सहजीकरण तथा प्लान नेपालको सहयोगमा ५८ औं सहकारी दिवसका अवसरमा गाविसलाई सबै घरका महिला सहकारीमा आवद्ध भएको घोषणा गरिएको हो । यसअघि मकवानपुरका भीमफेदी, कोगटे र बुढीचौर गाविसलाई सबै घरका महिला सहकारीमा आवद्ध भएको घोषणा गरिसकिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: