प्रजनन स्वास्थ्यमा महिलाको अधिकार खै ?


प्रकाशित मिति :2015-04-20 09:56:30

DSC03109काठमाण्डौं,  वैशाख ७ । दाङ शान्तिनगरकी धना कुंवरले दुई सन्तान भएको १२ वर्ष पछि फेरी अर्को सन्तान जन्माईन् । दुई छोरा हुर्काएर बसेकी धनाले परिवारले  चाडपर्वको गहना छोरी भएको भन्दै  दवाव दिन थाले पछि तेस्रो पटक पनि छोरा जन्माईन् ।

दुई सन्तानमै परिवार नियोजनको स्थायी वन्ध्याकरण् गर्ने सोंच भए पनि परिवारको  विमतीका कारण् उनले ११ वर्ष सम्म परिवार नियोजनको अस्थायी साधन प्रयोग गरेकी हुन् ।

घरमा श्रीमानको चेलीवेटी नभएको कारण् पनि बुहारीले नातीनी जन्माई दिओस् भन्ने   बाबुआमको  ईच्छा भएको कारण् आफुले तेस्रो सन्तान जन्माउनु परेको धनाको भनाई छ । घरका बावुआमाको नातिनी हेर्ने रहरलाई पुरा गर्न आफ्नो ईच्छा विपरित अर्को सन्तान जन्माईन् उनले  । छोरी हुन्छ भन्ने आशले फुरुङ्ग परेका परिवारका सदस्य  तेस्रो पटक पनि छोरा भएपछि निकै दुःखी भए ।

‘धेरै सन्तान भएपछि पढाउन लेखाउन मुस्किल पर्छ भनेर दुई छोराहरुमा सन्तुष्ट थिएं । तर जन्माई सकेपछि माया लाग्दो रै”छ । उनले आफ्नो बाध्यता यसरी भनिन् ।   सन्तानको रहर पुगी सकेपछि पनि फेरी सन्तान जन्माउनु पर्दा आफु दुःखी भएको उनी बताउंछिन् ।  आफ्नो शरिर आफुले उपयोग गर्न नपाएका आफु जस्ता महिला समाजमा धेरै रहेको उनको भनाई छ ।   सानो श्री ­९ बर्दियाकी रीता मिजारले पनी कलेज पढ्दै गर्दा कलिलै उमेरमा सन्तान जन्माईन् । पढाई सकेर सन्तान जन्माउने सोंच वनाएकी  मिजार पनि पारिवारिक विमतीकै कारण् सन्तान जन्माउन वाध्य वनेकी हुन् ।

‘घरमा बाबाुआमाले सन्तान खेलाउने रहर गरेपछि   उहाँहरुको ईच्छालाई नकार्न सकिन । उनि भन्छिन् विचमा बच्चा भएपछि ४ वर्ष पढाई व्रेक भयो ।अहिले फेरी जोईन गरेकी  छु ।आफ्नो प्लान अनुसार चलेको  भए अहिले डिग्री सकीने थियो । घरको प्लान अनुसार चल्दा अहिले भर्खर व्याचलर शुरु भएको छ । ’    प्रजनन स्वास्थ्यमा महिलाको आफ्नो शरिर प्रति आफैलाई अधिकार नभएको हुँदा धेरै अवसरहरु बाट वञ्चित हुन परेको उनको धारणा छ ।  अझै पनि समाजमा धना र रीता जस्ता सन्तान जन्माउने चाहाना र समय  नहुँदा नहुँदै पनि पारिवारिक दवावका काराण् सन्तान जन्माउने महिलाको सङ्ख्या औंलामा गनि साध्य छैन । उसोत प्रजननमा महिलाको अधिकारका लागी थुप्रै निति र कानुन पनि वनेका छन् ।

अन्तरिम संविधान २०६३ को धारा  २० मा महिलाको हक अन्तर्गत उपधारा २ मा प्रत्येक महिलालाई प्रजनन स्वास्थ्य र प्रजनन समन्धी हक हुनेछ भनेर उल्लेख गरिएको छ ।तर प्रजनन अधिकार वा आफ्नो शरिरको उपयोग महिलाले गरिरहेका छन् कि छैनन् भन्ने हो भने चांहि केहि  यदाकदा छिटफुट मात्रामा भेटिन्छन् ।    महिलाको स्वास्थ्य र प्रजनन अधिकारको अभ्यासलाई संयुक्त राष्ट्रसंघलगाएत अन्तराष्ट्रिय गैर सरकारी संघसंथाहरुले पनि निकै गम्भिर र चुनौतीको विषयको रुपमा लिने गरेका छन् ।

सन् १९९४ मा मा नेपाल लगाएत १८० राष्ट्रको जनसंख्या तथा विकास समन्धी अन्तराष्ट्रिय सम्मेलनमा कार्ययोजनाको प्रमुख लक्ष्य प्रजनन स्वास्थ्य तथा महिला अधिकारलाई अझ व्यापक पार्न सन् १९१५ सम्ममा परिवार नियोजन सेवा विश्वव्यापी रुपमा सुलभ गराउने ,वालवालिकाहरुलाई शिक्षा दिने तथा मातृ मृत्युदरलाई घटाउंदै लैजाने लक्ष्यका साथ गैर सरकारी क्षेत्रको साझेदारी विषयलाई समेत महत्व दिएको छ ।    मानव अधिकारको क्षेत्रमा कार्यरत एम्नेस्टी इन्टरनेसनलले माई बडी माई राईट्स अर्थात मेरो शरिर मेरो अधिकार भनेर नेपाल लगाएत अन्तराष्ट्रियरुपमै अभियान शुरु गरेको छ ।

एम्नेस्टी इन्टरनेशनलका नेपाल निर्देशक रामेश्वर नेपाल भन्नुहुन्छ–‘जसरी प्रजनन अधिकार किशोरावस्थाको गर्भाधानलाई जनसंख्या व्यवस्थापनसँग जोडेको छ , एक हिसावले ठिकै होला  तर त्यसका लागी नेपाली महिलाको हैशियत बुभm्नुपर्ने हुन्छ ।’ उहाँ भन्नुहुन्छ —‘नेपाली महिलाले प्रजनन अधिकारको उपयोग गर्न अझै धेरै समय लाग्छ ।

त्यसकालागी सरकारले विशेष कार्यक्रमहरु ल्याउनुपर्छ ।’    महिला अधिकारकर्मी अन्जना शाक्य पनि महिलाका लागी मात्र होईन ,प्रत्येक घरका परिवारका सदस्य र समाजलाई नै परिवर्तन नगरी निति निएम वा संविधानमा लेखिएरमात्र केहि अर्थ नहुने विचार राख्नुहुन्छ ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत प्रमुख डा.बद्री पोखरेल यस विषयमा सरकारले विद्यालयस्तरदेखि वृद्धवृद्धासम्मलाई लक्षित गरेर पनि सरकारले कार्यक्रम गरीरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ —‘यो क्रसकटिङ इस्यु भएकाले समन्धित विभिन्न मन्त्रालयहरुले पनि गरिरहेका छन् तर यस्तो विषयमा चाँडै परिवर्तन देख्न भने कठिन नै हुन्छ ।’

उठान गर्न खोजिएको जनसंख्या व्यवस्थापन र प्रजनन अधिकारको उपयोग दुवै विषय सान्दर्भिक र त्यत्यिकै महत्वका छन् ।तर त्यसो भनिरहँदा के सोच्नु जरुरी तिथो भने नेपाली किशोरी वा महिला प्रजनन अधिकारको उपयोग गर्न सक्ने अवस्थामा छन त ? कहिले  विवाह गर्नेदेखी लिएर कहिले बच्चा जन्माउने ,कति जन्माउने  ? जन्माउने कि नजन्माउने  लगाएतका विषयमा अहिले पनि निर्णय कसले गर्छ ? सहज छ , श्रीमान वा परिवारका सदस्यले मात्र होईन अझ हाम्रो समाजले पनि त्यत्तिकै दवाव दिईरहेको हुन्छ ।   उदाहरण् खोज्न टाढा दुर्गम गाँउमा जानु पर्दैन ,शिक्षित वा पढेलेखेको भन्ने शहरी क्षेत्रकै घरपरिवारमा पाईन्छ यो वास्तविकता । यसो भन्नुको यो अर्थ पनि हो आफ्नो शरिरमाथिको अधिकार अझै महिला स्वंम संग छैन ।

यसरी हेर्दा निति निएम ,र कानुनको अभाव होईन ,त्यसको कार्यान्वयनको पाटो पनि महत्वपुर्ण चुनौती रहँदै आएको देखिन्छ । नेपालमा झण्डै ४० प्रतिशतको किशोरावस्थामै विवाह हुने गरेको छ ,तीमध्ये १५ देखि १९ वर्षका करिव १७ प्रतिशत किशोरीहरु त आमा नै वनिसकेका हुन्छन् ।   २० वर्ष पछि आमा वन्नेको तुलनामा किशोरावस्थामा आमा वन्नेहरु ५ गुणा बढिको ज्यान जानेगरेको छ ।

नेपालमा वार्षिक करिव ८ लाख महिला गर्भवति हुन्छन् ,त्यसमा किशोरावस्था  पनि प्रजनन व्यवस्थाभित्र  स्वस्थ गर्भ ,स्वस्थ आमा,स्वस्थ शिशुमार्फत स्वस्थ र असल नागरिक अनि देश विकासको परिकल्पना गरिएको हुन्छ ।

त्यो कार्यक्रमलाई अझ विस्तार गरी सबै महिलाको पहुँचमा पु-याउनुपर्छ र महिलाको शरिर महिलाको हो भन्ने जनचेतना महिलालाई भन्दा मात्र पनि ती महिला संग निकट परिवारका सदस्यहरुलाई बुझाउन सक्ने कार्यक्रम पनि सरकारले चलाउनु पर्छ ।

प्रकाशित मिति २०७२ वैशाख ७ गते  साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: