एएफसी यु १४ क्षेत्रीय महिला च्याम्पियन्ससिपःनेपाल, भारत र श्रीलकां विजयी
महिला खवर
काठमाडौं, वैशाख ७ । राजधानीमा आजदेखि सुरु भएको १४ वर्षमुनिका महिला खेलाडी सम्मिलित एएफसी यु-१४ गर्ल्स रिजनल च्याम्पियनसिपमा नेपालले इरानलाई पराजित गरेकाे छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको प्रतियोगितामा नेपाली महिला टोलीले इरानलाई ३-२ गोलअन्तरले हराएकाे हो ।
नेपालको जितमा सरु लिम्बु र रेखा पौडेलले गोल गरे । लिम्बुले खेलको २५ औँ मिनेटमा गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाइन् ।
लिम्बुले गोल गरेको दुई मिनेट पनि बित्न नपाउँदै इरानकी फतेमे अमिरीले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याइन् । उनले खेलको पहिलो हाफको २७ औँ मिनेटमा गोल गरेकी थिइन् ।
नेपालकी पौडेलले खेलको ३२ र ४७ औँ मिनेटमा दुई गोल गरेपछि नेपालको जित सुनिश्चित भएको थियो । त्यस्तै इरानकी फतेमे घसेमीले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा एक गोल फर्काएकी थिइन्
नेपाल आर्मी क्लबको शारीरिक सुगठन तथा तालिम केन्द्र लगनखेलमा भएको अर्काे खेलमा श्रीलङ्काले माल्दिभ्सलाई ६-० को फराकिलो अन्तरले हराएको छ ।
श्रीलङ्काको जितमा सुरेनथिरान गोवारी, डिलिङ्का लोचनी, एकानायका, विजेसिङ्घा, महा मुथुकला र शिवनेस वरान थर्मिकाले गोल गरे । श्रीलङ्काले पहिलो हाफमा नै पाँच गोल गरेको थियो । एक गोल खेलको अन्तिम समयमा भयो ।
आजै भएको अर्काे खेलमा भारतले भुटानमाथि १२-० को फराकिलो अन्तरले जित हात पार्यो
पहिलो हाफमा नै ६ गोल गरेको भारतले भुटानमाथि दोस्रो हाफमा थप गोल ६ गोल गर्दै १२-० को सहज जित निकाल्यो ।
प्रतियोगिता अन्तर्गत मङ्गलबार तीन खेल हुँदैछ । नेपालले दिउँसो ४ बजे दशरथ रङ्गशालामा भुटानसँग खेल्दैछ । यस्तै दिनको पहिलो खेलमा त्रिपुरेश्वरस्थित रङ्गशालामा बङ्गलादेश र भारतबीच खेल हुनेछ । यस्तै आर्मी शारीरिक केन्द्र लगनखेलमा श्रीलङ्का र इरानी टोली भिड्नेछ
प्रकाशित मितिः २०७२ वैशाख ७ गते साेमवार
Comment Here!