विना धितो ऋण मागे महिला उद्यमीले


प्रकाशित मिति :2015-04-21 04:25:27

महिला खबर

कास्की, बैशाख ८ ।  विभिन्न क्षेत्रका उद्यमी  महिलाले विना धितो ऋण पाउनुपर्ने माग गरेका छन् । महिला उद्यमी संघ कास्कीले  पोखरामा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा  सहभागी महिला उद्यमीले नेपाल सरकारले केही जिल्लामा उद्यमशीलताको विकासका लागि विना धितो पाँच लाख रुपैयाँसम्म सामान्य व्याजमा ऋण दिएकाले कास्कीमा पनि उक्त सुविधा प्रदान गर्न आग्रह गरे ।
कार्यक्रममा प्रमुख अतिथि घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख कृष्ण प्रसाद आचार्यले नेपाल सरकारबाट महिला उद्यमशीलता बढाउन अन्य जिल्लासरह कास्कीमा पनि सुविधा उपलब्ध गराउन आफ्नो पहल रहने  बचन दिनुभयो ।  विगतमा नमुना कार्यक्रम अन्तर्गत केहि जिल्लाको छनौट गर्दा कास्की छुट्न गएको हुनसक्ने भन्दै उहाँले कास्कीका महिला उद्यमीलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गनुभयो ।
महिला शिप विकास संस्थाका कार्यकारी निर्देशक रामकली खड्काले पोखरामा उत्पादित सामानको बजार प्रवर्द्धन गर्न खासै समस्या नभएको भन्दै उद्यमशीलताका लागि  सहकार्य आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा संघका अध्यक्ष मिना गुरुङ्गले नेपाल सरकारले जिल्लामा प्रदान गर्दै आएको उद्यमशीलता प्रोत्साहनकालागि  विना धितो ऋण सुविधा कास्कीमा पनि उपलब्ध गराए कास्की उद्यमी महिलाको नमुना शहरको रुपमा विकास हुने बताउनु भयो ।
प्रकाति मितिः २०७१ फागुन १७ गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: