प्रकाशित मिति :2015-04-21 04:55:33
काठमाडौं वैशाख ८। विद्यालयमास्तरमा हुने यौन हिंसा तथा दुर्व्यवहार विरुद्ध चेतना फैलाउने उद्देश्यले शैक्षिक सत्र २०७२ मा शिक्षा मन्त्रालयले राष्ट्रव्यापी अभियान थालेको छ। वैशाख ३ गते काठमाडौंको पद्मकन्या स्कुलवाट शुरु भएको अभियान अहिले देशभरी सञ्चालन भैरहेको शिक्षा मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार नयाँ शैक्षिक सत्रको शुरुवातसँगै गरिएको यो अभियान विद्यालय स्वागत तथा विद्यार्थी भर्ना अभियानमा विद्यालयस्तरमा हुने हिंसा तथा यौन दुर्व्यहारविरुद्ध चेतना फैलाउने उद्येश्यसाथ विभिन्न्न कार्यक्रम आयोजना गरी चलाईएको छ।
अभियानको नारा ‘यौन दुर्व्यवहार र विभेदमुक्त विद्यालय वनाऔं ,सबै वालवालिकालाई विद्यालय पठाऔं ‘ रहेको छ। अभियान कार्यक्रममा गीत, गजलसंगै विभिन्न सन्देशमुलक सामग्री वितरण र प्रसारण भैरहेको शिक्षा विभागका प्राविधिक सहायक कुशल घिमिरेले जानकारी दिनुभयो।
अभियानलाई सफल वनाउन समाजका वुद्धिजीवी,नागरिक समाज,राजनीतिक दललग्ाायतको सहभागिता रहेको घिमिरेले जानकारी दिनुभयो ।
शिक्षा विभागका महानिर्देशक डिल्लीराम रिमालको संयोजकत्वमा केन्द्रियस्तरमा समिति गठन भई शुरुभएको अभियानले विद्यालयमा भर्ना हुन बाँकी रहेका विद्यालय जाने उमेरका वालवालिकालाई विद्यालय आउन प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
७५ ओटै जिल्लामा एकसाथ सञ्चालन भैरहेको अभियान वैशाख महिनाभर चल्ने शिक्षा विभागकी दुर्गा कँडेलले बताउनुभयो।
प्रकाशित मितिः २०७२ वैशाख ८ गते मङ्गलवार
Like this:
Like Loading...
Comment Here!