प्रकाशित मिति :2015-04-21 16:04:51
महिला खवर
म्याग्दी, वैशाख ८। म्याग्दीको राम्चे गाविसको नांगी गाउँका महिलाले नांगी खानेपानी तथा सरसफाइ योजना निर्माण पूर्वानुमानभन्दा कम लागत र निर्धारित समयभन्दा छिटो सकेको छन्।
खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय म्याग्दीमार्फत गत वर्षदेखि सुरु भएको ५८ लाख रुपैयाँको लागतमा बनाउन सुरु गरिएको खानेपानी योजना ३ महिना अगावै सकेको हुन्। आगामी असार मसान्तसम्म सक्ने लक्ष्य राखिएको थियो।
उपभोक्ता समितिको सक्रियताका कारण तीन महिनापहिले नै खानेपानी वितरण सुरु भइसकेको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय म्याग्दीका प्रमुख इन्जिनियर शेखरचन्द्र केसीले बताउनुभयो।
उहाँका अनुसार कार्यालयले ३२ लाख रुपैयाँ सहयोग गरेको योजना निर्माण गर्न उपभोक्ताको २० प्रतिशत सहभागिता रहेको छ। योजनामार्फत नांगी गाउँका २६ वटा घर, सामुदायिक लज र विद्यालयमा व्यक्तिगत धारा जडान गरेर खानेपानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष राममाया पुनले जानकारी दिनुभयो। । उपभोक्ता समितिको पदाधिकारीसहितको ११ जनाको कार्यसमितिमा सबै महिला छन्।
अध्यक्ष पुनका अनुसार गाउँका ८० घरधुरीले पाँच दिन श्रमदान गरेको योजनाका लागि समितिका पदाधिकारी तथा सदस्यहरूले १६० दिनको समय र श्रम दान गरेकाछन्। योजनाको स्थानीयस्तरमा जनसहभागिता जुटाउनेदेखि जिल्लास्तरमा समन्वय गर्नेलगायत सबै कामको नेतृत्व महिलाबाटै भएको हो। ग्रामीण क्षेत्र भए पनि घरघरमा व्यक्तिगत धारा जडान भएकाले स्थानीयलाई सुविधा मिलेको छ।
योजनाको संरचना जीर्ण भएपछि खानेपानी वितरणलाई व्यवस्थित तथा शुद्ध खानेपानी आपूर्ति हुन नसकेपछि महिला बढी देखिएकाले उनीहरूकै नेतृत्वमा कृष्ण पुर्जाले बताउनुभयो।
प्रकाशित मितिः २०७२ वैशाख ८ गते मङ्गलवार
Like this:
Like Loading...
Comment Here!