फायर फाइटिङमा महिला


प्रकाशित मिति :2015-04-22 13:13:38

महिला खबर
IMG_2400_2
काठमाडाै । गत वर्ष नागरिक उड्यन प्राधिकरणको उद्धार तथा अग्नि निवारण विभागकी बरिष्ठ अधिकृत सुनिता शिवाकोटी भारद्वाज र एयरपोर्टकी सिफ्ट इन्चार्ज सबिना पण्डित तालिमका सिलसिलामा ११ जना अरू फायर फाइटरसँगै मलेसिया पुगेका थिए ।
त्यहाँका प्रशिक्षक आफूले तालिम दिने समूहमा महिला फायर फाइटर देखेर छक्क परे । महिलाले यो काम गर्न सक्लान र भनेर उनहरुले शंका समेत गरे ।
जब शिवाकोटी र पण्डित ब्रिदिङ एपाराटस (बाहिरको हावा विनै सास फेर्न सकिने, मुखमा लगाउने उपकरण) लगाएर धुवाँ भरिएको ठाउँमा छिरे र तालिममा भाग लिए प्रशिक्षकहरू फेरि छक्क परे । यसो हुनुको एउटै कारण थियो मलेसियामा महिला फायर फाइटर नहुनु । ‘उनीहरूले पहिला त हामीलाई अविश्वास गरे । पछि हाम्रो काम देखेपछि प्रशंसा गर्न थाले,’ शिवाकोटीले भनिन् । नेपालमा १० वर्षभन्दा पहिले महिला फायर फाइटर  (आगो निभाउने ) थिएनन् यद्यपि फायर फाइटरको प्रावधान नेपालमा २०२२ साल देखि नै थियो ।
०५९ सालमा पहिलो पटक महिलाको संख्या तोकेर यस विषयको सीपसम्बन्धी तालिमका लागि सिनामंगलस्थित सिभिल एभिएसन एकेडेमीले आवेदन माग्यो । यो तालिम लिएकाले जुनसुकै विमानमा आपतविपत आइलागेमा तत्कालै आगो निभाउने र उद्दार गर्ने काम गर्नुपथ्र्यो ।  त्यसबेला शिवाकोटी त्रिचन्द्र क्याम्पसमा स्नातक प्रथम वर्षमा बायोलोजी पढ्दै थिइन् । उनले बिना कुनै योजना आवेदन दिइन् ।  उनी तालिमका लागि छानिइन् । उनीसँगै रति ढुङ्गाना पनि छानिइन् ।
उनीहरू दुबैले तालिम लिए । तालिम लिएको डेढ वर्षमा दुबैले खरदार पदमा जागिर पाए । हाल नेपालमा १८८ जना फायर फाइटर छन् । त्यसमध्ये सात जना अर्थात चार प्रतिशतभन्दा कम महिला छन् ।
‘फायर फाइटर हुन सजिलो छैन् । महिलाका लागि त शारीरिक रूपमा झनै समस्या हुन्छ । पच्चीस किलोको ब्रिदिङ एपाराटस र फायर इन्ट्री सुट लगाएर आगो निभाउँदै हिड्नुपर्छ । नब्बे प्रतिशत जति आगो निभेपछि उद्धारका लागि पहल गर्नुपर्छ,’ सिवाकोटीले भनिन् ।
‘त्यसबेला हामीलाई तालिमको प्रेसर र अप्ठ्यारोभन्दा पनि पहिलो महिला फायर फाइटर हुन पाउने कुराले रमाइलो लागेको थियो,’ शिवाकोटी र ढुङ्गानाले एकसाथ भने ।
तालिमका बेलामा उनीहरूले काठमाडौँको विमानस्थलको पिचमा २५ किलोको ब्रेदिङ एपाराटस लगाएर ६० किलोभन्दा बढी तौलको मान्छे बोकेर करिब एक घण्टा हिँडनुपथ्र्यो । तालिममा उनीहरूले सूचना आदानप्रदान सम्बन्धी सीप पनि सिक्नुपथ्र्यो ।  त्यसबेला उनीहरू कैयौँ पटक बेहोस भए ।
आपतकाल जनाउने घण्टी बजेको दुईदेखि तीन मिनेटभित्र ब्रिदिङ एपाराटस लगाएर तोकिएको ठाउँमा पुग्नुपर्छ । यो अन्तराष्ट्रिय मापदण्ड हो । रति ढुङ्गाना तालिमको समयमा गर्भवती थिइन् ।
‘म छनोट भइसकेपछि गर्भवती भएँ । तालिम लिँदै गर्दा थाहा भयो । त्यसबेला उमेर पनि सानो थियो । जसरी हुन्छ तालिम राम्रो गर्छु भन्ने जोश थियो । म गर्भवती भएको कुरा मैले आपूmसँग मिल्ने साथीबाहेक अरूलाई थाहै दिइनँ,’ रतिले भनिन् ।‘हामीलाई दायित्व सुम्पिएको समयमा अहिलेसम्म त्यस्तो आपत परेको छैन्,’ शिवाकोटीले भनिन् ।
‘हामीले सधैँ शतर्क भएर बस्नुपर्छ । तर त्यस्तो अवस्था सिर्जना नहोस् भनेर हामी सधैँ कामना गर्छौँ,’ रतिले भनिन् ।
रति अहिले त्रिभुवन विमानस्थलभित्र उद्धार तथा अग्नि नियन्त्रण विभागको फायर वाच टावरमा काम गर्छिन् । उनले सीता एयर आकाशबाट खसेर आगो लाग्दा त्यही टावरमा बसेर पाइलट र एयर ट्राफिक कन्ट्रोलरबीचको कुरा सुनिरहेकी थिइन् ।उनी त्यो क्षण यसरी सम्झन्छिन्,  ‘त्यो आपतकालीन अवस्था थियो । हामीले दमकल पठायौँ । तर बाटोमा मान्छे र मोटर साइकलको जाम थियो । बीचमा खोला परिदिँदा दमकल समयमा पुगेन । दुःख लाग्छ त्यसमा ।’
अहिले सिवाकोटी कार्यरत कार्यालयले देशभरका एयरपोर्टका उद्धार र आगो निभाउने सबै काम हेर्दै आएको छ ।
हाल नेपालगञ्ज, विराटनगर, पोखरा, भैरहवा र सिमरामा मात्र फायरफाइटर र दमकल छन् ।
आजकल फायर फाइटर बन्न सुनिता, सबिना रतिलाई जस्तो सजिलो छैन् । त्यसबेला लिखित परीक्षा लिएपछि अन्र्तवार्ता दिए पुग्थ्यो । आजकल छाती नाप्नुपर्छ, उचाई नाप्नुपर्छ, तौल मापदण्ड अनुसारको हुनुपर्छ र सबैभन्दा महत्वपूर्ण कुरा प्रहरी र आर्मीमा जस्तो महिला र पुरुषका लागि भनेर अलग मापदण्ड हुँदैन् । त्यसलाई ‘फिजिकल इफिसियन्सी टेष्ट’ भनिन्छ ।
त्यो जाँच पास गरेर अरू महिला पनि फायर फाइटर भएका छन् । बितेका दुई वर्षमा भने फायर फाइटरको पदमा महिला भर्ना भएका छैनन् । सिभिल एभिएसन एकेडेमीले यस पदमा विज्ञापन गर्दा एकजना पनि महिलाले निवेदन दिएनन ।
फायर फाइटर आस्था भन्छिन् ‘१२ मिनेटमा साढे दुई किलोमिटर दौडनुपर्छ । झन्डै पचास किलोको वालुवाको बोरा उठाएर पचास मिटर पार गर्नुपर्छ । यसो गर्न सजिलो छैन् । यसका लागि लामो समयको मेहनत चाहिन्छ ।’
‘यो संसारभर पुरुषको दबदबा भएको काम हो । शुरू शुरूमा भाषाको समस्या थियो । महिला नभएकाले त्यहाँको वातावरण महिलाका लागि अनुकूल थिएन,’ सुनिताले भनिन् । उनका अनुसार अहिले भने त्यो समस्या छैन् ।
त्यहा भित्रका कर्मचारीले अहिले बैनी छोरी, साथीको जस्तो व्यवहार गर्छन् ।
सुनिताले काम गरेको विभागका प्रमुख कृष्णबहादुर थापाका अनुसार फायर फाइटरको काम चुनौतीपूर्ण भएकाले यसमा आरक्षण दिँदा योग्यतामा तलमाथि गरिएको छैन् । महिलाका लागि कोटा छ, तर त्यसमा नियुक्त गरिने महिला कुशल हुनुपर्छ । विगत दुई वर्षमा महिला फायर फाइटर छनोट नहुनुको अर्थ हो उनीहरूले मापदण्ड पूरा गर्न सकेनन् ।
‘नेपालमा फायर फाइटरमा महिला नराख्ने भन्ने नीति कहिल्यै थिएन् । फायर फाइटर माग गरिन्थ्यो । त्यसमा पुरुषले आवेदन दिन्थे । महिला किन आएनन् भन्ने प्रश्न पनि उठ्दैनथ्यो,’ थापाले भने ।
महिला समावेशीकरण र आरक्षणका कुरा आएपछि २०५९ सालमा पहिलो पटक नागरिक उड्ययन प्रतिष्ठानले महिलाका लागि दुई सिट तोकेर तालिमको आवेदन माग ग¥यो । ‘त्यसपछि महिलाले त्यहाँ आवेदन दिन थाले र रुचि देखाए,’ थापा भन्छन् । ‘पहिला महिलाले आवेदन दिएको मलाई थाहा छैन् ।’
सुनिता सहित तीनजना महिला अहिले बरिष्ठ अधिकृत भइसकेका छन् । दुईजना वरिष्ठ सहायक छन् भने बाँकी दुईजना कार्यालय सहायक भैरहवामा छन् ।
आकाशमा जहाज उडेका बेला त्यसका पाइलट र एयर ट्राफिक कन्ट्रोलरबीचको भइरहेकोे कुरा फायर फाइटरहरूले पनि कुरा सुनिरहेका हुन्छन् । आपत आइलाग्यो भने उद्धारका लागि तुरुन्तै तयार हुन ।
यस पदमा तलब अन्य सरकारी निकायमा भन्दा राम्रो छ, यसको छुट्टै मापदण्ड छ । महिलाले बढुवा पनि छिटो छिटो पाएका छन् । तर यसमा भएको चुनौति र अवसरका बारेमा प्रचार नभएकाले यस सेवामा महिला अझै  पनि कम छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: