पाँच वर्षीया बालिका र किशाेरी बलात्कार गर्ने पक्राउ


प्रकाशित मिति :2015-04-22 15:00:10

महिला खवर

पोखरा,वैशाख ९ । विभिन्न प्रलोभन देखाएर एक बालिका एक किशोरीलाई बलात्कार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पाँच वर्षीया बालिका र १६ वर्षीया किशोरीलाई बलात्कार गर्ने  स्याङ्जा मनकामना–३ घर भई पोखरा बस्ने १८ वर्षीय कुमार गुरुङ र चितवन घर भई पोखरा बस्दै आएका जोवा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। गुरुङले बालिकालाई टिभी हेर्न आफ्नो कोठामा लगेर मिठाइ खान दिइ बलात्कार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।  चौधरीले किशोरीलाई किताव लिने बहानामा कोठामा बोलाई बलात्कार  प्रयास गरेका हुन्।
प्रहरीले बलात्कार गरेको उजुरीका आधारमा गुरुङलाई वैशाख ६ गते र चौधरीलाई ५ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको कास्कीका प्रहरी प्रमुख हरी बहादुर पालले जानकारी दिनुभयो।
यसैवीच पछिल्लो समय बढ्दै गएको बलात्कारका घटनाप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्। बलात्कारको जोखिम कम गर्नु गम्भीर चुनौति रहेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरे।  बलात्कार रोक्नका लागि केके गर्न सकिन्छ भन्ने विषयमा जिल्ला प्रहरी कार्यालयले सरोकारवालाहरूसँग अन्तक्रिया गरेको छ।
 जिल्ला प्रहरी कार्यालय कास्कीले थालेको तीनमहिने अल्पकालिन कार्ययोजना अन्तरर्गत जवरजस्ती करणी अपराध नियन्त्रण अर्न्तगत गरिएको छलफलका क्रममा सहभागीले जवरजस्ती करणी अपराध नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने, अभिभावक सचेत हुनुपर्ने, पीडितमैत्री सामाजिक वातावरणकालागि सहयोगी निती ल्याईनुपर्नेलगायतका सुझाव दिएका छन्।
सामाजिक सोंच र कामलाई सकरात्मक बनाउन सके यस्ता घटनामा कमी आउने राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालयका प्रमुख टिकाराम पोख्रेलले बताउनुभयो। महिला तथा बालबालिकाको क्षेत्रमा काम गरेका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिले महिला र बालबालिकालाई हेर्ने दृष्टिकोण र सामाजिक संस्कारले  बलात्कारलाई बढवा दिएको भनाई राखे।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: