जवर्जस्ती सिन्दुर हालेपछि भीरबाट हामफालेर आत्महत्या


डेढलाख रुपैयाँ दिएर हत्या आरोपीलाई छुटाइयो

प्रकाशित मिति :2015-04-22 15:14:04

भरत पाण्डेय

काठमाडौं, वैशाख। जंगलमा लखेटी–लखेटी जवर्जस्ती सिन्दुर हालेपछि  गुल्मीको छापहिलेकी एक किशोरीले भीरबाट हामफालेर आत्महत्या गरेकी छन्। छापहिले ३ की गोठे विश्वकर्माकी छोरी १६ वर्षिया गीता विश्वकर्मा सोही गाविस ८ का राहुल विश्वकर्माले सिन्दुर हालेर जवर्जस्ती घरमा लगेपछि भागेर भीरबाट हामफालेकी हुन्।
यो गत चैत २४ गतेको घटना भए पनि राजनीतिक दलको दवावका कारण यसलाई गुपचुप राखिएको हो।  ढिलो गरी प्रहरीमा पुगेको घटनामा प्रहरीले पीडितका माइतीलाई डेढलाख रुपैयाँ क्षतिपूर्ति दिलाएर यसलाई साम्य पारिएको छ।
चैत २३ गते राहुलको परिवार उनलाई माग्न घरमा गएको थियो। उनी हजुरबुबाकोमा बस्ने भएकोले उनीहरू उतै गए। तर  गीता घरमा नभएकोले बुधबार आउन आग्रह गरे पनि उनी छापहिले स्वास्थ्यचौकीमा औषधी लिन गएको थाहा पाएपछि मगनी गर्न गएकाहरू उनलाई पछ्याउँदै गए।
औषधी लिएर बजारबाट फर्किँदा ती युवती विवाहका लागि मन्जुर नभएपछि राहुलकी माइजु दीपा विश्वकर्माको अगुवाइमा जंगलमा एक्लोपारी जवर्जस्ती लखेटेर सिन्दुर हाली भित्र्याएका थिए। एकरात घरमा थुनेर राखिएकी गीताले भोलिपल्ट गाउँ नजिककैको भीरमा गएर हाम्फालेको स्थानीले बताएका छन्।
‘ऊ बजारबाट फर्कँदै थिई, केटाकी माइजु दीपाले बाटोमा छोरीलाई रोकेर फकाउन थालिन्’ आमा रमा विश्वकर्माले भन्नुभयो, हुन्न भनेर छोरी भागी, अलि पर राहुल बसेको रैछ, समात–समात भनेपछि समाएर सिँदुर हाल्यो।’
तत्कालै सिन्दुर पुछेर रुँदा कराउँदा पनि अव माइतीमा जान हुन्न आजको रात मेरैमा बस भनेर दीपाले लगेको र रातिीजवर्जस्ती फेरि विवाह प्रकृया पूरा गरी केटापक्षको घरमा भित्र्याएको उहाँले बताउनुभयो।
गीताले राति बुबालाई फोन गरेर लिन नआएमा आत्महत्या गर्ने बताएपछि बुबाआमा तत्कालै केटाको घरमा पुगेका थिए। तर कोठा थुनेर साँचो लगाएर राखेकोले आफूहरूले छोरीसँग कुरा गर्न नपाएको रमाले बताउनुभयो।
‘हामी भर्खर गएर बसेका थिर्यौँ, मुख हेर्न पनि पाएका थिएनाैँ छोरी त भीरमा गएर हाम्फाली भन्ने सुनेपछि मलाई पनि छोरीसंगै हाम्फालौँ झैँ भयो’, रमाले भन्नुभयो, ‘सपनामा मलाई बाटोमा रोकेर मलाई जबर्जस्ती गरे, मैले यहाँ बाटो पाएकी छैन, बाटो खुलाइदिनुस् भनिरहन्छे।’
गीताका माइती सुकुम्बासी हुन्। घटनाको एक महिनासम्म पनि गीतालाई सम्झेर बुबा गोठे विश्वकर्मा र हजुरबुबा पटक–पटक मुर्छा पर्ने गरेको उनका दाजु अमन विश्वकर्माले बताउनुभयो।
घटनाको लामो समयपछि उनीहरूलाई प्रहरीमा जानकारी दिइएको थियो। प्रहरीले केही दिन थुनामा राखेपछि डेढलाख रुपैयाँ क्षतिपूर्ति दिलाएको छ।
लामो समय भारतमा बसेर नेपाली पनि राम्रो बोल्न नसक्ने राहुलले आफूलाई माया लागे पनि आफ्नी माइजुको करले गर्दा जवर्जस्ती सिन्दुर हालेको बताए । ‘मलाई त एकदुई दिनमा मैले जस्तै माया गर्लिन् भन्ने लागेको थियो तर यो नसोँचेको घटना भयो’ उनले भने, ‘त्यो जिन्दगीभरि याद रहनी भयो, मैले कैले नि भुल्न सक्दिनँ।’
यो घटना दर्दनाक भए पनि यसरी आत्महत्याका लागि प्रेरित गर्नेलाई कारवाहीको कुनै कानुन नभएको भनेपछि क्षतिपूर्तिसम्म दिलाइएको महिला मानवअधिकार रक्षक सञ्जाल गुल्मीका सचिव गगनशीला खड्काले बताउनुभयो।
महिला अधिकारका क्षेत्रमा धेरै कानुन बनेपनि पीडित महिलाले न्याय पाउने कानुन बन्न नसकेको अधिकारकर्मी गंगा खड्काले बताउनुभयो। कतिपयले कानुनको नाजायज फाइदा उठाएर पुरुषलाई पीडित बनाउनेसम्म काम भएको तर वास्तवमा अन्यायमा परेर मर्नुपर्ने अवस्था आएकी गीताले न्याय नपाउनु लाजमर्दो अवस्था भएको उहाँको भनाइ छ।
प्रकाशित मितिः २०७२ वैशाख ९ गते बुधवार

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: