कर्णालीका महिलाको जीवनस्तरमा परिवर्तन ल्याउनु जरुरी


प्रकाशित मिति :2015-04-23 08:55:49

महिला खवर

काठमाडौं, वैशाख १०। अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष मीना पाण्डेले कर्णालीका महिलाको जीवनस्तरमा परिवर्तन ल्याउन त्यस क्षेत्रको विकास हुनु जरुरी रहेको बताउनुभएको छ।

जागरण नेपालले काठमाडाैंको गरेको एक छलफल कार्यक्रममा बोल्दै उहाँले कर्णालीका महिला सामाजिक ,आर्थिक र राजनीतिक रुपमा निकै पछाडी रहेको बताउनुभयो।

पाण्डेले कर्णालीका महिलाको समस्या समाधान गर्न अन्तरपार्टी महिला सञ्जालले आगामी दिनमा पहल गर्ने वचन दिनुभयो। पाण्डेले हिन्दु धर्मले महिलालाई सधै उच्चस्तरमा राखेकोले धार्मिक परम्पराको विरोध गर्नुभन्दा पनि सकारात्मक चेेतनाका साथ अघि बढनु पर्ने धारणा राख्नुभयो।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका सदस्य भगवती घिमेरेले स्थानियस्तरमा पाईने दुर्लभ तथा बहुमुल्य जडीबुटीको दिगो संकल्न, संरक्षण, प्रशोधन तथा गुणस्तरमा वृद्धि गर्न सके कर्णालीका महिलाको आर्थिकस्थितिमा सुधार आउने विचार व्यक्त गर्नुभयो।
उँहाले कर्णाली क्षेत्रका महिलालाई विकासको मुलधारमा ल्याउन राज्य पनि जिम्मेवार हुनु पर्ने बताउनुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: