अदालतको आदेशले पनि दिलाएन वर्षालाई नागरिकता


प्रकाशित मिति :2015-04-23 11:10:42

भेषराज बस्नेतBarsha Sharma 1
नेपालगन्ज, वैशाख १०। पुनरावेदन अदालतले आमाको नामबाट नागरिकता दिन आदेश दिएपनि जिल्ला प्रशासन कार्यालय बाँकेले बाँकेकी वर्षा शर्मालाई नागरिकता दिन आनाकानी गरिरहेको छ।
गत भदौ महिनामा दायर भएको मुद्दाको सुनुवाई गर्दै पुनरावेदन अदालत नेपालगन्जले माघ १४ गते बाँके बागेश्वरी गाविसकी शर्मालाई आमाको नामबाट नागरिकता दिन जिल्ला प्रशासन कार्यालयलाई आदेश दिएपनि हालसम्म  उहाँले नागरिकता  पाउनसक्नु भएको छैन ।
अदालतको आदेशपछि जिल्ला प्रशासन कार्यालयले प्रक्रिया अनुसार वर्षा शर्मालाई आमाको नामबाट नागरिकता दिनेमा आफूहरू तयार रहे पनि प्रक्रियाका क्रममा ढिला भएको प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारी लेखकले वर्षालाई सजिलै आमाको नामबाट नारिकता दिने बताएपनि सहायक प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले  वर्षाको नागरिकता फाईललाई अगाडि बढाउन सक्नुभएको छैन ।
अदालतले नागरिकता ऐन र अन्तरिम संविधानको कानून वमोजिम नागरिकता प्रदान गर्नु भन्ने आदेश दिएकाले नागरिकता सम्बन्धी कानून प्रक्रिया पूरा गर्न कठिनाई भईरहेको छ।’–सहायक प्रमुख जिल्ला अधिकारी एमसीले भन्नुभयो– ‘वर्षाका बाबु विदेशी हुन् कि स्वदेशी हुन्, उनका अरु दाजुभाइले नागरिकता बनाएका छन् कि छैनन् भन्नेवारे छानविन गर्छौं, त्यसपछि मात्रै प्रक्रिया अघि बढ्छ।’
पुनरावेदन अदालतमा वर्षाको पक्षबाट वहस गरेका अधिवक्ता सुनिल श्रेष्ठले अदालतको आदेशको मर्म अनुसार वर्षाले सजिलै नागरिकता पाउनुपर्नेमा अन्य सामान्य अवस्थामा जस्तै जिल्ला प्रशासनले छानविन गर्न खोज्नु गलत भएको प्रतिक्रिया दिनुभयो।
अदालतको आदेशपछि सजिलै नागरिकता मिल्ने अनुमान गरेकी वर्षाले तीन महिनासम्म पनि नागरिकता पाउन नसकेपछि  निराश भएको बताउनुभयो । ‘अदालतको आदेश हुँदाको  खुशी हराउँदै गएको छ।’–वर्षाले भन्नुभयो–’नागरिकता पाउनमा ढिलाई भएपनि आश मारेकी छैन।’
सानै उमेरमा बाबु गुमाएकी वर्षाले नेपालगन्जस्थित होलील्याण्ड उच्च माविबाट १२ कक्षा पास गर्नुभएको छ। उहाँले नागरिकता बनाउन प्रक्रिया थालेको  पाँच वर्ष भयो तर, जिल्ला प्रशासनले पटक–पटक आमाको नामबाट नागरिकता दिन अस्वीकार गरेपछि  उहाँले अदालतलाई गुहार्नुभएको हो। उहाँको  मुद्दामा वहसपछि माघ १४ गते पुनरावेदन अदालत नेपालगन्जका न्यायाधीशद्वय रामकृष्ण भट्ट र यमुना भट्टराईको संयुक्त इजलासले आमाको नामबाट नागरिकता दिन आदेश गरेको थियो।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: