उमाका हत्यारालाई सर्वस्वसहित जन्मकैद


प्रकाशित मिति :2015-04-23 13:54:45

महिला खवरcriminal Umesh yadav2 (1)

जनकपुरधाम, वैशाख १०। देशकी प्रथमसहिद पत्रकार महिला उमा सिंहको हत्याका प्रमुख योजनाकार उमेश यादव (स्वामीजी) लाई सर्वस्व सहित जन्मकैदको फैसला सुनाइएको छ। जिल्ला अदालत धनुषाको एक नम्बर बेन्चमा न्यायाधीश कृष्णबहादुर थापाको एकल इजलासले ज्यानसम्बन्धी महल १३(४) यादवलाई जन्मकैदको फैसला सुनाएको हो।
धनुषाको बालाबाखर १ निवासी यादवमाथि भरतपुर ६ निवासी २५ वर्षीय रमेश दाहाल, लक्ष्मीकान्त राय र रमदैया ३ निवासी किशोरी यादवको हत्याको आरोप समेत रहेको थियो। पत्रकार सिंहको हत्या भएको आठ वर्षपछि उनको हत्याका प्रमुख दोषी यादवले सजाय पाउँदा जनकपुरका पत्रकारहरूले ढिलो पनि न्याय पाएको अनुभूति गरेका छन्।
२०६५ पुस २७ गते साझ ८ बजे यादवको योजनामा करिब एक दर्जन अपराधीको समूहले जनकपुरको थापाचोक रजौलस्थित उमा बस्ने डेरामा पुगी धारिलो हतियारले शरीनै छियाछिया पर्ने गरी काटेर घाइते बनाएको थियो। शरीरको ३६ स्थानमा हतियारले काटेको अवस्थामा अस्पताल पुर्‍याइएकी उमाको उपचार जनकपुरमा सम्भव नभएपछि काठमाडौं लैजाने क्रममा बर्दिबासमा मृत्यु भएको थियो।
घटनापछि उमाकी आमा सुशीलादेवी सिंहले घटनामा संलग्न रहेको भन्दै आफ्नी बुहारी ललितादेवी सिंह, उमेश यादव सहितका व्यक्तिहरूमाथि जाहेरी दर्ता गराएकी थिइन्। अनुसन्धानको क्रममा प्रहरीले ललिता र घटनामा प्रत्यक्ष संलग्न नेमलाल पासवानलाई तत्काल नियन्त्रणमा लिएर मुद्दा चलाउन सकेपनि मुख्य योजनाकार उमेश भने फरार रहेका थिए।
प्रहरीबाट बच्दै आएका उमेशले उमाकी आमा सुशीलालाई मुद्दा फिर्ता लिन दबाब दिँदैं ज्यान मार्ने भय त्रास देखाएको कारण उनी सिरहामा रहेको आफ्नो घर छाडी भारतमा आफन्तको नजिक सरण लिन बाध्य भएकी थिइन्।
घटनाको ६ वर्षपछि प्रहरीले उमेशलाई पक्राउ गर्न सफल भएको थियो। पत्रकार सिंह बाहेक अन्य तीनजनालाई काटेर निर्ममतापूर्वक हत्या गरेको अभियोग सहित अन्य विभिन्न अपराधिक घटनामा मुख्य अभियुक्तको रुपमा प्रहरीको ‘मोस्ट वाण्टेड’ सूचीमा रहेका यादवलाई कैलालीको धनगढीबाट प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको थियो।
सर्वस्व सहित जन्मकैदको सजाय पाएका उमेशलाई जलेश्वर कारागारमा पठाइएको अधिवक्ता राजकुमार महासेठले बताए। यसभन्दा पहिल्यै उमाकी भाउजु ललिता र नेमलाल अदालतबाट सर्वस्व सहित जन्मकैदको सजाय पाएर जलेश्वर कारागारमा छन्। उमाको हत्या सम्पत्ति विवादको कारण भएको प्रहरीको अनुसन्धानले निश्कर्ष निकालेको थियो।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: