महिला एएफसी यु १४ रिजनल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग भिड्ने


प्रकाशित मिति :2015-04-23 21:41:21

महिला खवर
काठमाडौँ, वैशाख १० । चौध वर्षमुनि महिला खेलाडी सम्मिलित एएफसी यु १४  रिजनल च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
समूह ‘ए’ को विजेता नेपालले समूह ‘बी’ को उपविजेता भारतसँग दशरथ रङ्गशालामा  शुक्रबार दिउँसो १ बजे प्रतिस्पर्धा गर्नेछ ।
समूह चरणमा तीन खेल खेलेको नेपालले तीनै खेलमा जित हात पार्दै नौ अङ्क जोडेको छ । नेपालले पहिलो खेलमा इरानलाई ३-२ गोलअन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा माल्दिभ्सलाई १०-० र तेस्रो तथा अन्तिम खेलमा श्रीलङ्कामाथि ८-० को फराकिलो गोलअन्तरले विजय  गर्दै नेपालले  प्रतियोगितामा २१ गोल जोडेको छ ।
शुक्रवार हुने दोस्रो सेमिफाइनल खेलमा समूह ‘बी’ का विजेता बङ्गलादेशले समूह ‘ए’ को उपविजेता इरानसँग दिउँसो ४ बजे भिड्नेछ ।
प्रतियोगितामा बङ्गलादेश भुटानलई १६-० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने इरानले माल्दिभ्सलाई १८-० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
सात राष्ट्रले भाग लिएको सो प्रतियोगितामा माल्दिभ्स, श्रीलङ्का र भुटान प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: