सर्कसमा बेचिएका नेपाली बालबालिकाकाे उद्दारमा लण्डन म्याराथन


प्रकाशित मिति :2015-04-24 11:46:46

महिला खवरMatrahton11

ललितपुर¸वैशाख ११ । नेपालबाट भारतका विभिन्न सर्कसहरुमा बेचिएका बालबालिकाको उद्दारमा सक्रिय एस्थर बेञ्जामिन ट्रष्टलाई सहयोग जुटाउन १८ वर्षिया कल्पना लिम्बु लण्डन म्याराथन दौडँदै छिन् ।

युकेको एक्सिटर विश्वविद्यालयमा अर्थशास्त्र विषयमा अध्ययन गरिरहेकी लिम्बु सो म्याराथानमा भाग लिने सबैभन्दा कम उमेरका सहभागीमध्ये एक भएको लण्डनबाट वीनेपालीका नरेश खपांगीले जानकारी दिएका छन् ।

युकेको दौड क्षेत्रमा तेस्रो बृहत मानिने सो म्याराथनमा भाग लिन वर्षेनी करिब १ लाख ५० हजारले आवेदन दिने गर्छन् र ती मध्ये करिब ४० हजारमात्र म्याराथनमा सहभागी हुन पाउँछन् । धनकुटाको हात्तीखर्क गाविसमा जन्मेर ब्रिटिश सेनामा कार्यरत पिता विश्वासदीप तिगेला र आमा भोजकुमारीसँगै ब्रुनाइमा हुर्केकी कल्पनाको बाल्यकालदेखि नै दौडमा रुचि छ । उनले ब्रुनाइमै सन् २००५ मा बालबालिका तर्फको दौडमा प्रथम, २०११ मा महिलातर्फको दौडमा प्रथम र सन् २०१३ मा १७ वर्षकै उमेरमा १० किलोमिटर दौडमा सातौँ भएकी थिइन् ।

सधैँ ‘नेपालका लागि केही गरौँ’ भन्ने लाग्ने कल्पना बताउँछिन् । लण्डन म्याराथन नजिकिँदै गर्दा यस इभेन्टलाई जोडेर केही गर्न सकिन्छ कि भन्ने सोचाइ उनमा आयो । नेपालका लागि राम्रो काम गरिरहेका च्यारिटीहरू खोज्दै जाँदा उनले एस्थर बेञ्जामिन ट्रष्ट भेट्टाइन् । सो ट्रष्टले भारतका विभिन्न सर्कसहरुमा बेचिएका बालबालिकाको उद्दार गरेको डकुमेन्ट्री उनले यसअघि नै अलजजिरा टिभीमा हेरिसकेकी थिइन् । संस्थाको बारेमा बुझेपछि उनले एस्थर बेञ्जामिनकै लागि दौड्ने निर्णय गरेको वताइन् ।

उनी भन्छिन्, ‘दौडमा रुचि हुनेहरूका लागि लण्डन म्याराथन सपना जस्तै हो’, ‘हाम्रो च्यारिटीबाट दौड्ने म सबैभन्दा कान्छी हुँ नि’ उनले थपिन् । म्याराथन आउन दुई महिना बाँकी हुँदा उनी अहिले अभ्यासमा ब्यस्त छिन् । विश्वविद्यालयमै साथीहरुसित ५ किलोमिटर, १० किलोमिटर दौडिरहेकी छिन् ।

अहिलेसम्म म्याराथन नदौडेकी उनी ४२ किलोमिटर लामो लण्डन म्याराथन पूरा गर्न दृढ भएर लागिपरेकी छिन् । उनले म्याराथन दौडेर २ हजार पाउण्ड संकलन गर्ने लक्ष्य राखेकी छिन् । अहिलेसम्म उनले तयार पारेको डोनेसन पेजमा ६२६ पाउण्ड संकलन भइसकेको छ । दुई महिनाको अवधिमा बाँकी रकम पनि उठ्नेमा विश्वस्तमा छिन् उनी ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: