भूकम्पले एक लाख छब्बीस हजार गर्भवती प्रभावित भएकाे अनुमान


प्रकाशित मिति :2015-05-03 11:03:59

महिला खवर
काठमाडाै, वैशाख  २० । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष युएनएफपीएले करिब एक लाख २६ हजार गर्भवती भूकम्पबाट प्रभावित भएको अनुमान गरेको छ ।
युएनएफपीएले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा झन्डै एक लाख २६ हजार गर्भवती प्रभावित भएको र २० लाख प्रजनन उमेरका किशोरी भूकम्पबाट प्रभावित भएको उल्लेख छ । भूकम्पजस्ता प्राकृतिक प्रकोपका सन्दर्भमा महिला र किशोरी सबैभन्दा बढी कमजोर जनसङ्ख्या हुन् । प्राकृतिक प्रकोपका समयमा गर्भधारणसम्बद्ध मृत्यु र महिला हिंसा बढ्छन् । अधिकांश महिलाले अत्यावश्यक प्रजनन स्वास्थ्य सेवाको पहुँच गुमाएका हुन्छन् । सुरक्षित सुत्केरी सेवा तथा जीवन रक्षाको हेरचाह सुविधाबिना नै बच्चा जन्माउने गरेको विज्ञप्तिमा  जनाइएको छ ।
युएनएफपिएका अनुसार भूकम्प प्रभावित जिल्लाका महिलाका आवश्यकतालाई सहयोगस्वरुप प्रजनन स्वास्थ्य सामग्री सहयोग गरिएको छ, जसमा सुरक्षित रूपमा सुत्केरी गराउन आवश्यक सामग्री छन् । युएनएफपीए प्रतिनिधि जुलिआ भलिसीले युएनएफपीएले महिला र प्रजनन उमेरका किशोरीका लागि अत्यावश्यक सरसफाइका सामग्रीसहितका रक्षासामग्री  पनि उपलब्ध गराइरहेको र आगामी समयमा पनि महिला र किशोरीका आवश्यकतालाई सम्बोधन गर्दै जाने बताउनुभयो ।
प्राकृतिक प्रकोपपछि विस्थापितका शिविरलगायत लैङिगक हिंसा रोकथाम गर्न युएनएफपीएले नेपाल सरकार र साझेदारसँग मिलेर रोक्न काम गरिरहेको जनाएको छ ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: