प्रकाशित मिति :2015-05-03 11:33:30
महिला खवर
ललितपुर, वैशाख २० । विपदको मौका पारेर बाल यौन दुराचारीहरुले बालबालिकालाई बलात्कारलगायत यौन दुर्व्यवहार गरेको सुचना आएकोले बालबालिकालाई अभिभावकले आफूसँगै वा आफ्नो निगरानीमा राख्न केन्द्रीय बाल कल्याण समितिले अनुरोध गरेको छ। समितिले आज विज्ञप्ति जारी गरि अस्थाई वासस्थान भएपनि आफैसँगै राख्न र राहत पाउने लोभमा वा अन्य वहानामा अपरिचित व्यक्तिसँग नपठाउन विज्ञप्तिमार्फत समितिले अभिभावकलाई सचेत गराएको हो।
साथै भूकम्पबाट भएको धनजनको क्षतिबाट बालबालिका अत्यधिक प्रभावित भएको भन्दै केन्द्रीय बाल कल्याण समितिले अप्ठयारोमा परेका बालबालिकाका लागि जिल्ला तथा केन्द्रिय बाल कल्याण समितिमा सम्पर्क गर्न अनुरोध गरेको छ।
विपदमा बाबुआमा गुमाएका,परिवारवाट विछोडिएको, अलपत्र परेका बालबालिकाको उद्धार र संरक्षणका लागि जिल्ला र केन्द्रस्थित वालकल्याण समितिमा सम्पर्क गर्न समितिले अनुरोध गरेको हो। समितिले विपदमा बालबालिकाकाको आपतकालीन उद्दार र सहयोगका लागि बाल हेल्पलाइनको पैसा नलाग्ने टेलिफोन नम्बर १०९८ र बालबालिकाको खोजतलास समन्वय केन्द्रको फोन नम्बर १०४ सम्पर्क गर्न पनि सवैलाई अनुरोध गरेको छ।
Like this:
Like Loading...
Comment Here!