कचनापुरका अधिकांश महिला पाठेघर तथा यौनरोगबाट पीडित


प्रकाशित मिति :2015-05-03 12:40:07

महिला खवर
नेपालगन्ज, वैशाख २० । बाँके जिल्लाको कचनापुर गाउँमा आईतवार सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा आएका महिला बिरामीमध्ये अधिकांशमा पाठेघर तथा यौनरोगसम्बन्धी समस्या देखिएको छ ।स्त्री रोग विशेषज्ञ मीरा कक्षपतिका अनुसार निःशुल्क उपचारका लागि आएका महिलामा यस्तो समस्या देखिएको हो ।
शिविरमा करिब एक हजारको स्वास्थ्य जाँच गरिएको छ ।
बाँके युनेस्को क्लबको सहयोग, सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक सञ्जाल, महिला सञ्जाल र गाविसले कचनापुरस्थित लक्ष्मी सामुदायिक बहुमुखी क्याम्पसमा सञ्चालन गरेकाे स्वास्थ्य शिविरमा नेपालगन्ज मेडिकल कलेजका चिकित्सकले निःशुल्क सेवा दिएका थिए ।
शिविरमा बाँके जिल्ला जनस्वास्थ्य कार्यालयले १३ जना स्वास्थ्यकर्मीसहित औषधि उपलब्ध गराएको थियो
सो शिविरमा जाँच गरिएका बिरामीमध्ये थप उपचार गर्नुपर्ने बिरामीलाई कलेजको कोहलपुर अस्पतालमा सिफारिस गरिएको छ । यसरी सिफारिस गरिएका बिरामीको उपचार खर्च रकममा छुट दिइने जनाइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: