महिला खवर
भक्तपुर, वैशाख २०। विनाशकारी भूकम्पपछि खुला ठाउँमा बसेका सुत्केरी महिला र बच्चा विरामी भएर अस्पताल आउने क्रम बढेको छ। भक्तपुर जगातीमा रहेको सिद्दी स्मृती अस्पतालमा आफ्नो २० दिनको बच्चाको नाभीबाट रगत बगेपछि मीना तामाङ जचाउँन आइन्। भूकम्पका कारण सुत्केरी भएको १२ दिनको दिनदेखि खुल्ला ठाउँमा बस्दै आएकी उनले न खानेकुरा राम्रो पाइन न त स्याहार नै। खान नपाएपछि आफ्नो दुध कम आएर बच्चालाइ समस्या त थियो नै त्यहीमाथि चिसोका कारण आफू र बच्चालाई अरु समस्या पनि देखिएको उनले बताइन्। घर भत्केपछि झ्यालबाट निस्केर आफू र बच्चालाई बचाएकी कल्पना सुवाल पनि खुला ठाउँमा बसेका नवौं दिन बच्चा जचाउँन अस्पताल आएकी थिइन्।
सिद्दी स्मृती अस्पताल की स्त्री तथा प्रसुती रोग विशेषज्ञ रीना श्रेष्ठले खुला ठाउँमा बसेका सुत्केरी महिला र बच्चामा इन्फेक्सन र चिसोको समस्या धेरै देखिएको बताइन्।
चिउरा र चाउ चाउको भरमा खुल्ला आकाशमुनि बसेका सुत्केरी महिलालाई आफ्नो र बच्चाको स्वास्थ्यको समस्या त छँदै छ उनीहरूलाई प्याड नपाएर र भएको पनि फेर्न नपाएर ठुलो समस्या भएको बताएका छन्। कतिपय सुत्केरी महिलाले बच्चाको न्याप्कीन लगाएर समस्या टारेका बताए । प्याड फेर्न १० मिनेट हिंडेर खोलामा पग्नु परेको सुत्केरी र महिनावारी भएका महिलाले बताएका थिए।
साथै गर्भवती महिला आफ्नो गर्भ जाँचका लागि अस्पताल जाने क्रम बढेको छ। स्त्री तथा प्रसुती रोग विशेषज्ञ श्रेष्ठका अनुसार भूकम्पले आफ्नो गर्भमा रहेको बच्चालाई असर गर्यो की भनेर जचाउँन आउने महिलाको संख्या बढी रहेको छ। भूकम्प आउने क्रममा गर्भवती महिलाको पेट थिचिएर वा भागेका कारण केही समस्या देखिन सक्ने उनले बताइन्।
Comment Here!