विपत्तीमा जिम्मेवार हुन सञ्चारमाध्यमलाई महासंघको आग्रह


प्रकाशित मिति :2015-05-03 14:59:48

महिला खवर
ललितपुर, वैशाख २०। नेपाल पत्रकार महासंघले नेपालमा आएको विनासकारी भूकम्पमा अन्तर्राष्ट्रिय  सञ्चार माध्यमले खेलेको भुमिकाको  सह्राना गरेको छ। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघले आज एक विज्ञप्ति जारी गरि नेपाल र नेपालीमा परेको यो महाविपत्तिमा अन्तर्राष्ट्रिय क्षेत्र र अन्तर्राष्ट्रिय मिडिया जगतले सक्दो सहयोग गरेको जनाएको छ।
तर,  यस्ता पीडामा कतिपय विदेशी मिडियाबाट भएको  भ्रामक समाचार सम्प्रेषणप्रति महासंघले  आपत्ति जनाएको छ। नेपालको सार्वभौमिकता, पत्रकारिताको धर्म र मानवीयताको खिल्ली उडाउँदै केही विदेशी पत्रकारले विपत्तीमा थप पीडा दिने काम गरेको भन्दै महासंघले खेद व्यक्त गरेको छ।
 ‘हामी त्यसबाट मर्माहत भएका छौ’—महासंघका अध्यक्ष महेन्द्र विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
खासगरी केही भारतीय मिडियाको अफवाह, अतिरन्जना र संवेदनाहीन प्रस्तुतिप्रति आपत्ती जनाउदै महासंघले विज्ञप्ति मार्फत मुलुकका जिम्मेवार निकाय र अन्तर्राष्ट्रिय मिडिया जगतको गम्भिर ध्यानाकर्षण गराएको छ।
महासंघका अध्यक्ष महेन्द्र विष्टद्धारा जारी विज्ञप्तिमा वैशाख १२ गते गएको महाप्रलयकारी भूकम्पको पहिलो धक्कासँगै सुरु भएको विनास श्रृंखलाका कारण सम्पूर्ण नेपाल र नेपाली यतिबेला शोक र छटपटीमा रहेको र  एक जना होनहार युवा पत्रकार सुमन भोम्जनलाई गुमाउनु परेको उल्लेख छ।  महाभुकम्पका कारण सात हजार भन्दा धेरै जीवन गुमिसकेको छ भने हजारौं घाईते भएको यो दुखद समयमा नेपाली प्रेस जगत पनि शोकमा डुबेको विज्ञप्तीमा उल्लेख छ।
 विपत्तीबाट पत्रकार र पत्रकारको परिवारमा परेको क्षतिको विवरण उपलब्ध गराउन महासंघले अपिल समेत गरेको छ। कति पत्रकार घाईते भएको र  धेरै सन्चार संस्थाहरू कामै नलाग्ने गरी क्षतिग्रस्त भएको महासंघले जनाएको छ। महासंघका अनुसार कतिपय सञ्चार संस्था बन्द रहेको र कतिपयले अस्थायी शिविर खडा गरेर प्रकाशन तथा प्रसारणलाई निरन्तरता दिइरहेका छन्। नेपाल राष्ट्र,नेपाली जनता र नेपाली मिडिया जगतलाई सामान्य अवस्थामा फर्किन निकै लामो समय लाग्ने भन्दै अत्यन्तै जोखिमबीच पनि पत्रकार र सन्चार गृहहरूले आफ्नो दायित्व पूरा गरिरहेको महासंघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अध्यक्ष विष्टले महाभूकम्पमा परी जीवन गुमाउने सबैमा हार्दिक श्रद्धान्जली व्यक्त गर्दै आमसन्चारकर्मी, विचार र अभिव्यक्ति स्वतन्त्रताका पक्षधर र आमनागरिकमा आपसमा मिलेर  विपत्तिको सामना गर्दै प्रेस स्वतन्त्रताको रक्षा र मुलुकको पुनर्निर्माणमा लाग्ने संकल्प गर्न हार्दिक अपील गर्नुभएको छ।
महासंघले यसपालीको प्रेस स्वतन्त्रता दिवस भूकम्प पीडितको राहत र उद्धारमा केन्द्रित गरेको जनाएको छ।
प्रकाशित मितिः २०७२ वैशाख  २० गते अाईतवार

 

    Comment Here!

Related NEWS
मुख्य खबर

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: