महिलालाई राहत वितरण


प्रकाशित मिति :2015-05-03 16:00:47

महिला खवर
Nirmal diभरतपुर,वैशाख २० । वैशाख १२ गतेको विनाशकारी महाभूकम्पबाट पीडितको राहतका लागि चितवनमा महिलाका क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संघसंस्था जुटेका छन्।

चितवन जिल्लाका पहाडी एवं भूकम्पबाट बढी क्षति पुगेका गाविसमा महिला जिल्ला समन्वय समितिको अगुवाईमा समुदायमै पुगी महिला, बालवालिका, सुत्केरी महिला, गर्भवती महिलालाई विशेष अवस्थाको पहिचान गरी राहात वितरण गरिएको हो।

चितवन जिल्लाको अति विकट मानिने ९ वटा पहाडी गाविसमध्येमा चेपाङ्ग जातिका महिलालाई भूकम्पबाट परेको प्रभाव र यसले महिलालाई पुग्ने थप असरलाई मध्यनजर गर्दै शनिवार देखि खाद्यान्न, लत्ता कपडा वितरण वितरण गरिएको ती संघसंस्थाले जनाएका छन्

महिला तथा बालवालिका कार्यालय, केएर नेपाल, कालिका सामुदायिक महिला विकास केन्द्र, आदर्श नारी विकास केन्द्र, दियालो परिवार, युनिसेफ नेपाल, नेपाल रेडक्रस सोसाईटी के.आई नेपाल, सेतो गुराँस बालवालिका संस्था र जिल्ला विपत व्यवस्थापन समितिको सहकार्यमा जिल्लामा संकलित राहात वितरण गरिएको हो।

यसैगरी गत बुधबारदेखि शनिबारसम्म चितवनका अस्पतालमा विभिन्न जिल्लाबाट उपचार गराईरहेको घाईते महिला र बालवालिकालाई लत्ता कपडा वितरण गरिएको थियो।

    Comment Here!

Related NEWS
मुख्य खबर

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

म सिर्फ भीर भीर खोजिरहेछु

-उषा शेरचन- कहाली लाग्दो साँझमा झमझम मृत्युको नशा ब्रान्डी .......! ह्विस्की ....!! रम..................!!! स्लो-प्वाइजन ...!!!!

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: