महिला खवर
पाेखरा , वैशाख २१ । जब जब विपत्तिको अवस्था देखिन्छ त्यतिबेला देवि जस्तै भएर आउँछिन् ढिकुर पोखरी ६ पाउँदुर कि सरीता गुरुङ्ग । केहि वर्ष पहिले सेतीमा गएको बाढीका लागि उनले ५ लाख रकम सहयोग जुटाइन्, गत साल सिन्धुपाल्चोकमा बाढी पहिरो जाँदा राहत लिएर त्यहि पुगिन् । भाचोकी मृगौला पीडित बुद्धिमाया गुरुङ्गको उपचारमा पनि सरिता त्यत्तिकै सक्रिय बनिन् ।
घरबारविहिन गोर्खा आलम्पु गाविसका वृद्ध दम्पतिको सहयोगका लागि पनि खटिइन् । बाटो घाटोमा अलपत्र दिनदुखि देख्दा सहयोगको भाव जागिहाल्छ । बुङ्गमती अपाङ्ग सेवा समिति , एचआइभी सफलता शिक्षा सदन जस्ता संघ संस्थाकालागि उनले सहयोग जुटाएकी छिन् । जे सक्छिन् त्यो गरी हाल्छिन् । छोटै समयमा समाजसेवीबाट परिचित बनेकी यी युवती यतिबेला भने भुकम्प पीडितको चराइरहेको घाऊमा मलम लगाउन व्यस्त छिन् ।
त्यसो त महाभूकम्प जाँदा शनिबार सरिता गुरुङ्ग धरहरा नजिकै थिइन् । उनकै अगाडि एउटा शानको इतिहास बोकेको धरोहर ढलेको थियो । हेर्दा हेदै धेरैले ज्यान गुमाए उनकै अगाडी धेरै अंग भंग भए । क्षण भरमै कोलाहल मच्चियो । भागभाग भयो । त्यस दिन टुँडिखेलको चौरमा रात बिताइन् । चौरमा रात विताउँदा उनलाई आफू बाँचेकोमा धन्य ! भन्न मन लागेन उनको मनमा छटपटि चलिरह्यो । के गरौं र कसो गरौ भन्ने लागिरह्यो । उनी सोमबार बिहानै पोखरा आइन र सिधै जिल्ला प्रशासन कार्यालय पुगिन् । क्षेत्रिय प्रशासक दिनेश थपलियासँग आफूले पीडितलाई राहतको लागि सहयोग संकलन गर्ने चाहेको बताइन् । उनको सामाजिक छवि स्पष्ट बुझेपछि क्षेत्रीय प्रशासकले स्विकृति दिए । सामाजिक सञ्जाल फेसबुकबाट नेपालको भूकम्पको भयावह स्थिति र पीडितको अवस्थाको बारेमा उनले जानकारी गराइन् । सामाजिक सञ्जाललाई सामाजिक कामका लागि प्रयोग गरौं भन्ने उनको मान्यतामा उनी सफल भएकी छिन् ।
अनि शुरु भयो सहयोग आउने क्रम । शुरुमा युकेबाट १ लाख २० हजार रुपैयाँ सहयोग आयो । सहयोग आउने क्रम जारी छ । उनकै नेतृत्वमा सिक्किमबाट मात्रै २२ वटा साना र ठुला गाडीमा राहत सामग्री दोलखा र सिन्धुपाल्चोक पुगिसकेको छ । झण्डै १ लाखको राहात सामग्री सहित सरिता गोर्खाको थुमि मा पुगेकी छन् । पीडितको सहारा बनेर थुमीमै छिन् ।
पोखराबाट थप राहत सामग्री समेत झिकाएर राहत नपाएकालाई राहत पुर्याउने काममा व्यस्त छिन् । जापान, हंगकङ्ग, युके, अमेरीका, क्यानाडा लगायत देशका विभिन्न ठाउँबाट सहयोग आउने क्रम जारी रहेको र आवश्यकता अनुसार विभिन्न ठाउँमा राहत सामाग्री किन्दै पुर्याइरहेको सरिताले जानकारी दिइन् । उनले आएको सबै रकम पारदर्शी रुपमै पीडितकै लागि खर्च गरीने बताइन् ।
Comment Here!