काठमाडौं,वैशाख २१ । नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा निर्देशनालयले भुकम्प पिडित सुत्केरी र बालबालिकाहरुलाई ल्याक्टाेजिन, सेरेलेक सर्वोत्तम पिठो, बिस्कुट, मिनरल वाटर, सेनेटरी प्याड वितरण गरेको डीएसपी तारा थापाले जानकारी दिनुभयो ।
काठमाडौं र भक्तपुरको शिविरमा बस्दै आएका १२ दिने सुत्केरी देखी २ वर्षसम्मका बालबालिकालाई राहत वितरण गरेको थापाले बताउनु भयो ।
निर्देशनालयले काठमाडौंको टुँडिखेल शिविरमा, १०० जना र भक्तपुरको, भक्तपुर व्यासी शिविरमा ५५ जना सुत्केरी तथा बालबालिकालाई शिविरमै पुगेर राहत वितरण गरेको हो ।
Comment Here!