रमला सिंगक
झापा, वैशाख २१। महाभूकम्पको पछि त्रासले काठमाडांैबाट पाँचथर फर्कीरहेकी एक युवतीलाई गुडिरहेको बस भित्रै सामूहिक बलात्कार गर्ने दुइ युवकलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंवाट झापा आएको ना.वा. ख ७२४२ नम्वरको निशाना डिलक्स नामक गुडिरहेको वसमा सामूहिक वलात्कार गरेको अभियोगमा दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो। पाँचथर स्थायी घर भएकी २२ वर्षीया युवतीको उजुरीका आधारमा आरोपीतलाई प्रहरीले पक्राउ गरेको डिएसपी विश्वमणी पोखरेलले जानकारी दिनुभयो।
पक्राउ पर्नेमा वसका कन्डक्टर भद्रपुुर १२ का २७ वर्षीय निमेश खतिवडा र चालक मेचीनगरका ३६ वर्षीय देवेन्द्र घिमिरे छन्।
भुकम्पको त्रासका कारण काठमाडौंवाट पाँचथरस्थित घर हिडेकी उनलाई विहीवार विहान तीन वजे भद्रपुरस्थित चन्द्रगडी वजारमा अन्य सबै यात्रुलाई उतारेर चारआली तर्फ जाँदै गरेको वसभित्र पटक पटक वलात्कार गरेको उजुरीमा उल्लेख छ।
Comment Here!