चौँरीगाई चराउन गएकी गर्भवती महिलाको दश दिनपछि उद्धार


प्रकाशित मिति :2015-05-04 15:59:53

महिला खवर
दोलखा, वैशाख २१ । चौँरीगाई चराउन जङ्गल गएकी एक गर्भवती महिलाको विनाशकारी भूकम्प आएको दश दिनपछि उद्धार गरिएको छ ।

दोलखाको गौरीशङ्कर गाविसकी ती गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट सोमवार उद्धार गरिएको हो । जङ्गलमै अलपत्र परेको खबर पाएपछि चरिकोटको बर्दबहादुर गणका प्रमुख सेनानी विश्वासविक्रम शाहले आफै हेलिकप्टरमा गएर उद्धार गर्नुभएको हो । महिलाको उद्धार गरी गौरीशङ्कर गाविसको लुमान पुर्‌याइएको प्रमुख सेनानी शाहले जानकारी दिनुभयो ।

‘दश दिनदेखि गर्भवती महिला भोकभोकै थिइन्, चारैतीर पहिरो गएकाले निस्किन सकिरहेकी थिइनन्’, उहाँले भन्नुभयो । लुमानमा अलपत्र तीन बालबालिका र ७२ वर्षीया वृद्धाको उद्धार गरेर लप्सी गाविस पुर्‍याइएको छ ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: