रमला सिंगक
विराटनगर, वैशाख २१। आफ्नो स्वर्गीय पिता पुर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको स्मृतिमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोईरालाले भूकम्प प्रभावित ११ जिल्लाका ११ वटा गाँउमा घर वनाई दिने घोषणा गर्नुभएको छ।
विराटनगरमा सोमवार प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा कोईरालाले भन्नुभयो, ‘म भूकम्प प्रभावित क्षेत्रका ११ वटा जिल्लाका ११ वटा गाउँमा ‘स्मलटाउन’ निर्माण गरिदिनेछुु।’
सुजाता संयोजक रहेको गिरिजाप्रसाद कोईरालाको स्मृतिमा रहेको जिपी कोईराला फाउण्डेसन मार्फत ११ गाविसको वाटो, पुलपुलेसो, स्वास्थ्यचौकी, विद्यालय, विद्युतदेखि अन्य भौतिक पूर्वाधारलाई समेत मध्यनगर गर्दै ती गाँउमा सुविधा सम्पन्न रुपमा घर निर्माण गरिदिने कोईरालाले घोषणा गर्नुभएको हो।
घर निर्माणका लागि दातृ निकायहरूमा सहयोगका लागि प्रस्तावना पेस गरिसकिएको र दातृनिकाय पनि प्रस्तावप्रति सकारात्मक रहेको कोईरालाले जानकारी दिनुभयो। एक नमुना गाँउमा तीनसय देखि चारसयसम्म घर बनाउने योजना भएको उल्लेख गर्दै कोईरालाले भन्नुभयो ‘थोरै खर्चमा भूकम्पप्रतिरोधात्मक घर वनाईनेछ।’
कोईरालाले भूकम्पवाट वढी प्रभावित क्षेत्रका गाविसमा स्मलटाउन (सानो शहर) वनाउने र पहाडी क्षेत्रमा छरिएर रहेका वस्तीलाई एकै स्थानमा एकीकृत गर्ने लक्ष्य रहेको वताउनुभयो। यसका लागि भूकम्पवाट बढी क्षती पुगेको गाविस छनौट गर्ने वताउँनुभयो।
Comment Here!