प्रसूती गृहमा रातो स्टीकरः सुत्केरी जति भूइँमा


प्रकाशित मिति :2015-05-05 16:30:05

महिला खवर
Joint picभूकम्पका कारण पुरानो भवन चर्किएर प्राविधिकहरुले रातो स्टिकर टाँसिदिएपछि मुलुकको पुरानो प्रसुतिगृह सुत्केरी महिलालाई भूइमा राखेर उपचार दिन बाध्य भएको छ।
ललितपुर, वैशाख २२। कपनकी दुर्गा गौतम अहिले थापाथलीको प्रसूती गृहको भुइँमा पल्टिरहेकी छन्। जेठ २ गते सुत्केरी हुने मिति डाक्टरले दिएपनि उनले वैशाख २१ गते नै बच्चा जन्माइन्। भनिन् ‘झण्डै भूकम्प मै परिन। त्यो वेला भएको भए यो भुइँ पनि नपाइने रहेछ।’
 news
दुर्गालाई भूकम्प आएपछि आफ्नो बच्चा खेर जान्छ की भन्ने भय थियो। उनी त्यो भयबाट मुक्त भएकी छन्। दुर्गा भन्छिन, ‘सुत्केरी पनि सामान्य नै भयो ढुक्क भयो, अव घर जान पाए राम्रो स्याहार पाइन्थ्यो।’ यस्तै समस्या झेलिरहेकी छन् लगन की रचना बलामीले। उनी भुइँमा कम्मल ओछयाएर सुतिरहेकी छन्। रचना भन्छिन्, ‘अप्ठयारो त भइरहेको छ तर धन्न यत्ति पनि पाईयो।’
 IMG_0313
थापाथलीको परोपकार प्रसूती गृहको पुरानो भवन वैशाख १२ गतेको महाभुकम्पले पुर्ण रुपमा क्षति भयो। नयाँ भवनमा व्यवस्थापन गर्दा सुत्केरीहरू भुइँमा बस्नुपर्ने अवस्था आएको अस्पताल की मेट्रोन मैया मानन्धरले बताउँछिन्। मानन्धरका भनाइमा, ‘शल्यक्रिया गर्न नपरेका सामान्य सुत्केरीलाई भुइँमा राखिएको छ।’
२५० वेडको पुरानो ‘ब्लक’ असुरक्षित रहेको भन्दै प्राविधिकहरूले रातो स्टीकर लगाइदिएका छन्। जम्मा ४१५  वेड रहेको परोपकार प्रसूती गृहमा दैनिक ४० जना सुत्केरी हुन आउने गरेको अस्पतालकी मेट्रोन मानन्धरले जानकारी दिइन। ४० मध्ये १० वटा जतिको शल्यक्रिया गर्नुपर्ने हुन्छ। भूकम्प आएको दिन र भोलीपल्ट सुत्केरी गराउने र शल्यक्रिया गर्ने  काम बाहिर गरे पनि अहिले यो काम भित्रै सुरु गरिएको छ।
 शल्यक्रिया गरेका सुत्केरीलाई ५ दिन अस्पताल मै राख्नुपर्नेलाई ३ दिनमै घर फर्काउन थालिएको छ भने २ दिन राख्नुपर्ने सामान्यलाई ८/९ घण्टा पछि डिस्चार्ज गर्ने गरिएको छ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: