घाइतेलाई खाना खुवाउन महिला सक्रिय


प्रकाशित मिति :2015-05-06 12:46:44

महिला खवर
pokhara hospitalपोखरा, वैशाख  २३ । वैशाख १२ गतेको महाभुकम्पबाट घाइते भई अस्पतालमा उपचार गराइरहेकालाई खाना खुवाउन  महिला सक्रिय भएका छन्।
भूकम्पका कारण घाइतेको उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका बेड पुरै भरिएका छन्। अस्पतालमा घाइते र तीनका आफन्तका लागि विभिन्न संघसस्था, महिला समूह तथा व्यक्तिगत रुपबाट घाइते र उनीहरूका आफन्तलाई खाना खुवाउन सक्रिय भएका हुन्।
गाँस, बास,आफन्त र घरबार गुमाएर निराश रहेका उनीहरूसँग बोल्ने सहास पनि छैन। उनीहरू घटना सम्झन  पनि चाहँदैनन्।
घाइते र उनीहरूका आफन्तलाई यतिबेला खाना र औषधि को समस्या छैन, छ त केवल आफ्नो बेपत्ता परिवार र तहसनहस भएको आफ्नो घरको र अंगभग भएका परिवारका सदस्यको।
अहिले पोखराका विभिन्न अस्पतालमा ४५२ जना घाइतेको उपचार भइरहेको छ। ती घाइते र आफन्तको खानापानको लागि विभिन्न संघ संस्था एवं व्यक्ति सक्रिय भएका छन्।
मणिपाल अस्पतालमा  मानव मिलन नारी जागरणले स्वयंसेवी भूमिका निभाइ रहेको छ। पीडितका लागि खाना खुवाउन चाहने धेरै भएपछि त्यसलाई व्यवस्थित तरीकाले आलोपालो र पीडितलागि चाहिने सामानको व्यवस्थाकालागि दातासँग समन्वय गरीरहेको नारी जागरणकी सदस्य रमा ढकालले बताउनुभयो।
त्यसैगरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा   वैशाख ३० गतेसम्म घाइतेलाई खाना खुवाउनहरू तयार भइसकेको छन् । खाना खुवाउने, दैनिक जसो पीडित भेट्न आउने र सहयोगको तत्परता देखाउने महिला समूह सक्रिय रहेको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल सामाजिक सेवा इकाइ सुपरभाइरजर करुना ढकालले जानकारी दिनु भयो।
वडा समन्वय समिति वडा नं. १८ की अध्यक्ष इन्द्रमाया बाँनियाले महिला समूहले विशेष गरी महिलामैत्री सामानमा ध्यान दिएको बताउनु भयो। महिलाहरूले निकै सक्रियता देखाउनुभएको छ आफै खाना पकाएर खुवाउनेदेखि विभिन्न सहयोगमा महिला जुटिरहेको बाँनियाले बताउनुभयो।
पोखराको पश्चिमाञ्चल अस्पतालमा गण्डकी मेडिकल कलेज, मणिपाल र फेवा सिटी , मेटो सिटी, फिस्टेललगायतका अस्पतालमा भूकम्पका कारण  घाइतेहरूको उपचार भैरहेको छ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: