महिला खवर
काठमाडौं, वैशाख २३। यून वीमेनले भूकम्प प्रभावित ५ वटा जिल्लाका महिलालाई अति आवश्यक लत्ता कपडा वितरण गरेको छ। सिन्धुपाल्चोक,काभ्रे, नुवाकोट, काठमाडौं र गोर्खाका महिलाले नेतृत्व गरेका परिवारलाई लक्षित गरि सामग्री वितरण गरिएको यु न वीमेनले जनाएको छ।यी ५ जिल्लामा २ हजारलाई यी सामग्री दिइने छ।
जिल्लास्थित महिला बालबालिका कार्यालय र अन्य साझेदारसँग समन्वय गरि यो राहत वितरण गरिएको यु न वीमेनले जनाएको छ। सिन्धुपाल्चोक र काभ्रेमा एक एक सय पोका सामग्री पठाइएको छ भने बाँकी ३ जिल्लाका लागि सामग्री तयार गरिँदै छ।
यु न वीमेनका अनुसार महिलाले नेतृत्व गरेका परिवार धेरै जोखिमपुर्ण अवस्थामा हुनेभएकोले उनीहरूलाई लक्षित गरिएको हो। एउटा पोकामा महिलाका लागि आवश्यक धोती, पेटिकोट, खास्टो, स्यानीटरी प्याड, दाँत माझ्ने मञ्जन, ब्रुश लाइटलगायतका १६ वटा सामग्री राखिएको छ। सामान तयार गर्न पौरखी र सवा नेपालका ३६ जना स्वयंसेवी महिला दिनभर खटिएका छन्।
Comment Here!