प्रकाशित मिति :2015-05-06 16:09:53
महिला खवर

नेपालगन्ज, वैशाख २३ । महाविनासकारी भूकम्पबाट पीडित मकवानपुरका गर्भवती तथा सुत्केरी महिलालाई नेपालगन्जबाट राहत सामाग्री पठाईएको छ ।
नेपालगन्जमा सहयोगी हातहरु अभियान अन्तर्गत स्वस्फूर्त रुपमा राहत संकलन गरिएको हो ।
खाद्य सामाग्रीको साथमा गर्भवती र सुत्केरी महिलालाई मध्यनजर गर्दै १ सय २५ पीस स्यानिटरी प्याड, सय पीस धोती,१ सय पीस म्याक्सी, १ सय पीस व्ल्यांकेट, ४५ थान कम्बल, २ कार्टुन जीवनजल र कपडा सेट २५ पठाईएको महिला हिंसा विरुद्धको अभियानकर्ता कमला पन्तले जानकारी दिनुभयो ।
मकवानपुरको भूकम्प प्रभावित क्षेत्र नामटारबाट मंगलवार राहत वितरण सुरु भएको छ ।
पालुङ, दामन, बज्रवारही र टिस्टुङमा समेत राहत वितरण गरिने अभियानकर्ता उमा थापामगरले जानकारी गराउनु भएको छ । नेपालगन्जबाट राहत वितरणमा गएको टोलीले मकवानपुरस्थित जिल्ला प्रशासन कार्यालय र महिला तथा बालबालिका कार्यालयसँग समन्वय गरेर राहत वितरण गरिरहेको छ ।
नेपालगन्जबाट सहयोगी हातहरु अभियानमा नेपालगन्ज मध्यपश्चिम बैदेशिक रोजगार व्यवसायी संघले १ लाख ८१ हजार ३ सय २५, नेपालगन्ज इलेक्ट्रोनिक्स एसोसिएसनले २५ सय केजी चिउरा, चियर्स नेपालले १५ क्वीन्टल चामल मकवानपुर पठाएका छन् । राहत सामाग्री गर्भवती तथा सुत्केरी महिलाहरुलाई लक्षित गरिएको छ ।
प्रकाशित मिति २०७२ वैशाख २३
Like this:
Like Loading...
Comment Here!