मुक्त कमलरीहरूको पुनर्स्थापनाका लागि एकमत


प्रकाशित मिति :2015-05-07 15:05:02

लोग्शरी कुँवर
कैलाली, वैशाख २४ । मालिकको दासत्वबाट मुक्ति पाएका पश्चिम तराईका मुक्त कमलरीहरूको पुनर्स्थापनाका लागि चाँडो पहल गर्न सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरुले ऐक्यवद्धता जनाएका छन्। धनगढीमा बसेको जिल्ला स्तरीय कार्यक्रम व्यवस्थापन समितिको बैठकले उनीहरुको पुनर्स्थापनाका लागि चाँडो काम अघि बढाउन सहमति गरेको हो।
स्थानीय विकास अधिकारी कृष्णप्रसाद लम्सालले मुक्त कम्लहरीहरुका लागि शिक्षा निर्देशिका २०६८ ले निर्धारण गरे अनुरुप गठन गरिएको जिल्ला स्तरीय कार्यक्रम व्यवस्थापन समितिलाई थप क्रियाशील बनाउन सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिहरु एक भएको हुन्।
राज्यले मुक्त कम्लहरीहरुलाई प्रदान गर्दै आएको शैक्षिक सहुलियत वितरणमा कठिनाइ देखिएको लम्सालले बताए। उनीहरूको कठिनाइ हटाउन मुक्त कम्लहरीहरुको परिचय खुल्ने परिचय पत्र प्रदान गर्न मुक्त कम्लहरीका लागि शिक्षा निर्देशिका २०६८ को परिच्छेद १ को १.२ को झ र परिच्छेद ७ को ७.४.३. मा उल्लेख भएको प्रावधान अनुसार गरिने भएको छ।
यी प्रावधानमा अस्पष्ट र बाझिएका विषयवस्तुहरुको सम्बन्धमा एउटा कार्यदल गठन गरी प्राप्त सुझावहरुलाई संशोधन तथा परिमार्जनका लागि माथिल्लो निकायमा पठाउने निर्णय पनि बैठकमा भएको लम्सालले जानकारी दिए।
त्यस्तै बैठकले निर्देशिकामा बाझिएका र संशोधन गर्नुपर्ने विषयवस्तु पहिचान गरी सुझाव प्रस्तुत गर्न जिल्ला शिक्षा कार्यालय कैलालीका सहायक शिक्षा अधिकारी खगेन्द्र सिंहको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको छ।
कार्यदलमा जिल्ल्ाा प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे, जिल्ला विकास समिति कार्यालय कैलालीका शाखा अधिकृत र मुक्त कम्लहरीहरुको क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाबाट २ जना रहेका छन्।
निर्देशिकालाई समय सापेक्ष कार्यान्वयन तथा परिमार्जनका लागि जिल्ला तथा केन्द्रबाट सहमत हुनुपर्ने भएकाले मुक्त कम्लहरी रहेका ६ वटा जिल्ल्ााका सरोकारवाला निकायका प्रतिनिधिहरु सम्मिलित क्षेत्रीय स्तरको गोष्ठीका लागि प्लान नेपाललाई समन्वय गर्न सिफारिस गर्ने पनि बैठकले निर्णय गरेको शिक्षा अधिकारी गणेशबहादुर सिंहले जानकारी दिए।
मुक्त कम्लहरीहरुका लागि शिक्षा निर्देशिका २०६८ अनुसार गठन भएको जिल्लास्तरीय कार्यक्रम व्यवस्थापन समितिलाई जिल्लामा रहेका मुक्त कम्लहरीहरुको नाम सहितको तथ्याङ्क संकलन गर्न र प्रमाणीकरण गर्न, संकलित तथ्याङ्कलाई विश्लेषण गरी मुक्त कम्लहरीहरुलाई वर्गीकरण गर्न, मुक्त कम्लहरीहरुलाई परिचय पत्र जारी गर्न तथा कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउनका तथा समन्वय गर्ने अधिकार रहेको महिला तथा बालबालिका कार्यालय कैलालीकी अधिकृत हरिपिया बजले जानकारी दिइन्।
कैलालीमा मुक्त कम्लहरीहरुको उद्धार तथा पुनर्स्थापनाका कार्यहरु भई रहे पनि यो समिति निस्कृय रहँदा मुक्त कम्लहरीहरु परिचय पत्र पाउनबाट बञ्चित छन्।
कैलाली जिल्लामा ३ हजार ३ सय ४९ जना मुक्त कम्लहरीहरु छन्। यी मध्ये ३ हजार २ सय ४३ जनाको उद्धार भइसकेको छ भने १ सय ७८ जना उद्धार गर्न बाँकी छन्।
 

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: