प्रकाशित मिति :2015-05-07 16:15:17
महिला खबर

ललितपुर, वैशाख २४ । भूकम्पले ल्याएको विपत्तिमा परेका पीडितका लागि भइरहेको राहत वितरण लैंगिक अनुकूल बनाउन राजनीतिक पार्टीका महिला संगठनहरु लागि परेको बताएका छन् ।
राहत वितरण कार्ययोजना बनाउँदा लैंगिक संवेदनशीलता अपनाइएको छ वा छैन्, त्यसका लागि जिल्लाका महिला संगठनलाई ‘वाच डग’को रुपमा प्रयोग गरेको नेपाल महिला संघका अध्यक्ष डा. डिला संग्रौलाले बताउनु भयो ।
उहाँले आफ्नो संगठन भूकम्प पीडित महिला तथा बालिकाको डाटा संकलन र राहत वितरणमा लागेको समते जानकारी दिनु भयो ।
ठूला राजनीतिक दलका महिला संगठनहरुले आफ्ना सदस्यहरुलाई राहत वितरण तथा महिला, किशोरी र बालिकाहरुमाथि हिंसा नहोस् भन्नका लागि प्रत्येक क्याम्पमा महिला सुरक्षाकर्मीको व्यवस्था गर्न राज्यसंग माग गरेको नेता शशि श्रेष्ठले बताउनु भयो ।
उहाँले राहत वितरण महिला मैत्री बनाउन सरकारलाई पटक—पटक दबाब दिदै आएको भए पनि यातायाताको सुविधा भएकोमा बाहेक अन्य ठाउँका पीडितले राहत नपाएको जानकारी दिनुभयो ।
यसैगरी अखिल नेपाल महिला संघका केन्द्रिय प्रवक्ता शान्ति अधिकारीले संघको छुट्टै याेजना नभएको, तर पार्टीले खटाए अनुसार भूकम्प प्रभावित क्षेत्रमा उद्धारका लागि खटेको बताउनु भयाे ।
अधिकारीले भन्नुभयो ‘राज्य कहाँ छ, थाहा छैन्, पार्टीले महिला मैत्री योजना बनाउनको लागि पहल गरेको छ होला, तर मलाई जानकारी भएन । आफ्नो तर्फबाट महिला तथा बालबालिकालाई मनोसामाजिक परामर्श गर्नका लागि भूकम्प प्रभावित क्षेत्रमा खटेकीे छु ।’
संगठनहरुले आ आफ्नो ढंगले सिन्धुपाल्चोक, गोरखा, धादिङ र नुवाकोटमा महिलाको विशेष अवस्थालाई ध्यानमा राखेर कपडा, स्यानिटेरी प्याड र सुत्केरीलाई पोषिलो खानेकुरा वितारण गरेका छन् ।
भूकम्प पीडितहरुको सहयोगका लागि आठ वटा संयुक्त महिला संघले महिला तथा बालिकालाई सहयोग गर्न भन्दै राहत संकलन गरिरहेको अनेमसंघ क्रान्तिकारीका संयोजक अमृता थापा मगरले बताउनु भयो । अनेमसंघले पनि भूकम्प पीडित महिलाको लागि तत्तकाल कुनै योजना बनाएको छैन ।
अन्तरपार्टी महिला सञ्जालले प्रधानमन्त्री शुशील कोइरालासंग महिलालाई प्राथमिकतामा राखेर राहतको योजना बताउन मौखिक रुपमा माग गरे पनि कार्यान्वयन हुन नसकेको एमाओवादी निकट महिला संघका फ्याक्सन इन्चार्ज शशि श्रेष्ठले बताउनु भयो ।
अस्थायी शिविरमा रहेका महिला तथा बालिकामाथि बलात्कार भएको सुनेको बताउने महिला नेताहरु भूकम्प गएको १३ औं दिनसम्म पनि योजना विहिन जस्तै छन् । पार्टीको योजना अनुसार उद्धार र राहत कार्यमा खटेको दाबी सबै महिला संगठनकाले गरे ।
Like this:
Like Loading...
Comment Here!