भूकम्प पीडित महिला सहयोग जुटाउन चटपटे अभियान


प्रकाशित मिति :2015-05-07 16:31:53

महिला खवर
unnamed (4)काठमाडाै‌,वैशाख २४ । भूकम्प पीडित महिलाहरुलाई सहयोग गर्न नेपाल ल क्याम्पसका छात्राहरुले चटपटे बेच्न थालेका छन्।
भूकम्प पीडित महिलाहरुलाई आवश्यक पर्ने स्यानिटरी प्याड, सुत्केरी र गर्भवतीको लागि आवश्यक कपडा र खानेपानी शुद्धिकरणको लागि चाहिने सामग्री खरिदको कानुन विषयमा स्नातक पहिलो वर्षका छात्राहरुले बिहीबारदेखि यो अभियान थालेका हुन्।
‘काभ्रे र भक्तपुरको विभिन्न ठाउँमा राहत बाँड्न जाँदा महिलाहरु धेरै समस्यामा परेको पायौं’ चटपटे बेचेर राहत संकलन गर्न थालेको कारण खुलाउँदै शिला कुँबरले भनिन्, ‘महिनावारी भएका महिलाहरुलाई लागि चाहिने स्यानिटरी प्याड लगायतका सामान किन्न चटपटे बेच्न थालेका हाैं।’
८ जना छात्राहरु मिलेर प्रदर्शनी मार्गमा चटपटे बिक्री थालेका हुन्। घरमा भएको आलु, केराउ, प्याज लगायतका चटपटे बनाउन आवश्यक सामग्री ल्याएर उनीहरुले व्यवसाय सुरु गरिसकेका छन्।
‘काम गर्न मन लागेपछि सकिने रहेछ’ चटपटे बनाउँदै सञ्जु खनालले थपिन्, ‘हामीले धेरै सामान घरबाट ल्याएका छौं, जग, चटपटे खाने प्लेट लगायतका सामान किन्न भने १५ सय रुपैयाँ खर्च भएको छ।’
बिहीबार बिहान १० बजेदेखि चटपटे बेच्न थालेका उनीहरुले दिउँसोसम्म एक हजार पाँच सय रुपैयाँभन्दा बढी आम्दानी गरिसकेको खनालले जानकारी दिइन्। उनीहरुले एक सातासम्म चटपटे बेच्ने जनाएका छन्। चटपटे बेचेर आएको आम्दानीबाट धादिङका भूकम्प पीडित महिलालाई सहयोग गर्ने पनि उनीहरुले जानकारी दिए।चटपटे बनाउने क्रममा आवश्यक पानी भने अनेरास्ववियु ल क्याम्पस कमिटीले सहयोग गरेको छ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: