खाना महाेत्सवको बचत रकम बालकल्याण समितिलाई


प्रकाशित मिति :2015-05-08 13:03:23

महिला खवर

चितवन, वैशाख २५। चितवनको सौराहामा फागुन महिनामा सञ्चालन भएको सौराहा खाना महोत्सवबाट संकलित रकम शुक्रबार जिल्ला बालकल्याण समितिलाई हस्तान्तरण गरिएको छ। सौराहा खाना महोत्सवका संयोजक शिरलाल परियार र पुर्व संयोजक राजन भट्टले प्रमुख जिल्ला अधिकारी डा.मानवहादुर विकेलाई आज ३० हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो।

प्रणयदिवसको अवसरमा फागुन १ देखि ४ गतेसम्म चितवनको सौराहामा खाना महोत्सव आयोजना गरिएकेा थियो। खाना महोत्सवबाट बचत रकम मध्ये १० हजार रुपैयाँ र नयाँ बर्षको अवसरमा प्रभुश्री कला केन्द्रले सौराहामा गरेको बृहत साँस्कृतिक कार्यक्रमबाट संकलित २० हजार रुपैयाँ आज जिल्ला बाल कल्याण समितिलाई हस्तान्तरण गरिएको उक्त साँस्कृतिक कार्यक्रमका समेत संयोजक रहनुभएका शिरलाल परियारले जानकारी दिनुभयो।

बालकल्याण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी डा विकेले उक्त रकम बालबालिकाको हितमा प्रयोग गरिने बताउनुभयो।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: