महिला शिविरमा महिला प्रहरी: एसएसपी गौतम


प्रकाशित मिति :2015-05-08 13:18:15

महिला खवर
camp seurity by women policeललितपुर, वैशाख २५ । महिला तथा बालबालिका सेवा निर्देशनालयका एस.एस.पी कृष्ण गौतमले विपतको फाईदा उठाउँदै महिला र बालबालिकामाथि हुनसक्ने यौनजन्य हिंसा रोक्न अस्थायी शिविरहरूमा महिला प्रहरी खटाएको बताउनुभएकाे छ ।
शिविर र भूकम्प प्रभावित जिल्लामा लैङि्गक हिंसा हुन नदिन र भूकम्पबाट बढि त्रसित भएका महिला र बालबालिकाको मनोवल उठाउन प्रहरीको उपस्थिति बढाएको एस.एस.पी गौतमले जानकारी दिनुभयो ।
महिला तथा बालबालिका सेवा निर्देशनालयको निर्देशनमा सम्भव भएसम्म अस्थायी शीविरहरूमा उज्यालोको लागि सोलारको व्यवस्था र महिला सुरक्षाकर्मी खटाईएको छ ।
 शिविरमा प्रहरी आउँदा महिला र बालबालिकाले आफूलाई परेको अप्ठ्यारो खुलस्त रुपमा राख्न गौतमले आग्रह गर्नुभयो ।
गौतमले भन्नुभयो ‘पुलिसको मुख्य काम सुरक्षा दिने हो त्यसमा हामी घनिभूत ढंगले लागेका छौं । राहत वितरणमा पनि महिला तथा बालबालिकलाई प्राथमिकतामा राखेर योजना बनाईएको छ ।’
निर्देशनालयले भूकम्प प्रभावित महिला र बालबालिकाको तथ्याङ्क संकलन गर्ने र त्यो अनुसारको राहतका लागि सम्बन्धित ठाउँमा पठाउने काम समेत गरेको छ ।
 अहिले चारैतिरबाट महिला र बालिकाकाे सुरक्षालाई लिएर  चिन्ता व्यक्त भैरहेकाे छ ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: