गर्भवती र सुत्केरीका लागि विशेष व्यवस्था मिलाउँछु : गृहमन्त्री गौतम


प्रकाशित मिति :2015-05-08 14:05:45

महिला खवर
bamललितपुर, वैशाख २५ । उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले भूकम्प प्रभावित सुत्केरी, गर्भवती तथा अशक्त महिलाका लागि विशेष व्यवस्था मिलाइएको दाबी गर्नुभएकाे छ । सञ्चारिका समूहको टेलिभिजन कार्यक्रम ‘समकोण’सँग शुक्रबार कुरा गर्दै उहाँले अप्ठ्यारो अवस्थामा रहेका महिलाको उपचार र पुनर्स्थापनामा विशेष जोड दिने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
‘गृहमन्त्रालय अन्तर्गतको आपतकालीन कार्यसंचालन केन्द्रमा खबर गरेर सहायता माग्न सकिन्छ। समस्यामा परेकालाई सघाउन हामी सँधै तयार छौं,’ कार्यक्रम प्रस्तोता निर्मला शर्मासँग कुरा गर्दै गृहमन्त्री गौतमले भने।
वैशाख १२ गतेपछि पटक–पटक गएको विनाशकारी भूकम्पमा परेकाहरूको उद्धारकार्य अन्तिम चरणमा पुगेको जानकारी दिंदै उहाँले राहत र पुनर्स्थाना कार्यक्रममा सरकार सक्रिय रहेको जानकारी दिनुभयाे।
‘बजारमा भएको टेन्टले पुगेन, त्यसैले विदेशबाट निरन्तर झिकाइरहेका छौं’ गौतमले भन्नुभयाे, ‘तत्कालका लागि टेन्ट उपयोगी भए पनि वर्षा धान्ने खालका जस्ता केही दिन भित्रै प्रभावित बस्तीमा पुर्‍याउँछौं।’
यी काममा केही अलमल र ढिलासुस्ती भएको स्वीकार्दै गृहमन्त्री गौतमले भन्नुभयाे, अब खाद्यान्नको समस्या छैन। सबै ठाउँमा चामल, चिनी, चिउरालागायत खाद्यान्न पुर्‍याइएको छ।’
सञ्चारिका समूहको प्रस्तुति स्वरुप कान्तिपुर टेलिभिजनमा हरेक शुक्रकार प्रसारण हुँदै आएको कार्यक्रम ‘समकोण’मा यसपटक भूकम्पका कारण समस्याग्रस्त जीवन बिताइरहेका सुत्केरी, गर्भवती, बृद्धा र घाइते महिलाको अवस्था समेटिएको स्थलगत रिपोर्ट प्रसारण गरिने छ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: