भूकम्प पीडित एक पत्रकार महिलाको दैनिकी


प्रकाशित मिति :2015-05-08 14:56:01

मीना शर्मा
DSC_0226 - Copyसिन्धुपाल्चाेक, वैशाख २५ । बिहान ४ः४५ मा रेडियोमा मंगलधुन बजाउदै आफ्नो दैनिकी सुरू गर्ने रेडियो सिन्धु १०५ मेगाहर्जकी पत्रकार गुराँस गुरूङको दैनिकी मंगलधुन जस्तो शान्त छैन ।
बैशाख १२ गतेको महाभुकम्पले सिन्धुपाल्चोकका ९५ प्रतिशत भौतिक संरचना ध्वस्त पार्दा त्यहाँका सञ्चार गृहका भवन पनि भताभुंग भए ।
तिनै भताभुंग संरचना नजिकै खाली ठाँउ खोजेर खुल्ला ठाँउमा रेडियो सञ्चालनमा सक्रिय रेडियो सिन्धुको टिमले सर्वसाधारणलाई सचेत बनाउन गरेको प्रयास प्रशंसनीय थियो ।
रेडियो सिन्धुका अध्यक्ष रत्नप्रसाद श्रेष्ठका अनुसार भवन भत्किएपछि त्यहाँबाट उपकरण निकाल्न नसकेपछि एन्टेना फाउन्डेसन  काठमाडौंको सहयोगमा ट्रान्समिटर र एन्टेना लिएर १४ वैशाखमा  खुल्ला चौरमा रेडियो सञ्चालन गरिएको हो ।
पानी परेपछि खुल्ला चौरको स्टुडियोलाई जिल्ला कृषि विकास कार्यालयको मोटरसाइकल ग्यारेजमा सञ्चालन गरे पनि  अब भने स्टुडियो कता सार्ने भन्ने चिन्ता थपिएको अध्यक्ष रत्नप्रसाद श्रेष्ठले बताउनु भयो । त्यस्तै जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकले जेनेरेटर उपलब्ध गराएको छ ।
सबैले आफ्नो जिम्मेवारी महत्वपूर्ण तरिकाले पूरा गरे पनि पत्रकार गुराँस गुरूङले एउटा असल पत्रकार मात्र होइन असल गृहणी, असल प्राविधिक र असल प्रशासकको भूमिका निर्वाह गर्नु भएको छ ।
 समाचार वाचन गर्दै गुराँस साथमा प्राविधिक अस्मी स्याङतान
जस्तोसुकै आपतमा पनि जनतालाई सुसुचित गर्नु पर्ने सञ्चारकर्मीलाई परिवारमा परेको पीडा बिर्सदै आफनो काममा लाग्नु पर्ने भयो । भूकम्पमा मानवीय क्षति नभए पनि आफ्नो र आफन्तको घरको नाम निशाना नरहँदा सिन्धुपाल्चोककी यी पत्रकार गुराँसलाई भने समाचार संकलन र प्रसारणको चटारो बिहानदेखि साँझसम्म उत्तिकै रहेको छ ।
५ः४५ मा समाचार पढी सकेपछि साँझका भाँडा माझ्ने, चिया बनाउने पानी भर्नेदेखि लिएर खाना बनाउने जिम्मेवारी पनि पूरा गर्नुुपर्छ ।
भान्सा सफा गर्दै गुराँस
समाचार संकलनको लागि सिन्धुपाल्चोको विभिन्न गाँउको अवलोकन गर्दै साँझ ८ः३० बजे रेडियो सिन्धुमा पुग्दा पत्रकार गुराँसले प्रविधिकको जिम्मा सम्हाल्नु भएको थियो । प्राविधिक सँगसँगै खाना बनाउने काममा लाग्नु भएकी गुराँसले त्यँहा पुगेका अतिथिलाई पनि उत्तिकै ध्यान दिनु भएको थियो ।
चिया बनाउने तयारीमा
प्रविधिक अस्मी स्याङ्यातानले पनि गुराँसको काममा केही सहयोग गर्नु भयो । बिहान ४ः४५ देखि सुरु भएको गुँरासको दैनिकी राति १० बजेको समाचार पढ्ने बेलासम्म उत्तिकै सक्रिय रहेर चल्छ । एउटा सानो ठाउँमा रेडियोको काम मात्र होइन त्यँहा काम गर्ने कर्मचारीको खाने बस्ने र सुत्ने ठाँउ पनि एउटै थियो ।
साँझका भाडा सफा गर्दै 
फोहोर एकैठाँउमा जम्मा गर्दै गुराँस
पानी लिन जाँदै 
(स्थलगत रिपाेर्ट)  तस्बिरः मीना शर्मा  

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: