गोपनियता रक्षाका लागि महिलालाई छुट्टै पाल


प्रकाशित मिति :2015-05-08 15:08:59

महिला खवर

ललितपुर, वैशाख २५। भूकम्प प्रभावित महिलाले परिवारका सबै पुरुष सदस्यहरूसँग एउटै पालमा बस्दा समस्यामा परेका कारण छुट्टै पालको व्यवस्था हुनपर्ने माग गरेका छन्। भूकम्प प्रभावित जिल्लामा  राहत वितरणका लागि पुगेकी गैरसरकारी संस्था महासँघकी अध्यक्ष शर्मिला कार्कीले ससुरा, जेठाजु, देवरसँगै एउटै पालमुनि बस्नुपर्दा निकै समस्या भएकाले छुट्टै पालको व्यवस्था गर्न अधिकाशं महिलाले माग गरेको बताउनुभयो। ‘लुगा फेर्न, बच्चालाइ दूध खुवाउनलगायतमा आफ्नो गोपनीयता कायम गर्न उनीहरूलाई समस्या भइरहेको छ’— कार्कीले भन्नुभयो।
अधिकारकर्मी लिली थापाले यो महाभूकम्पबाट जेष्ठ नागरिक सवै भन्दा धेरै प्रभावित भएको बताउनुभयो। मर्नेमा पनि उनीहरू धेरै भएको उहाँको बुझाइ छ। भूकम्प प्रभावित क्षेत्रमा राहत लिएर पुगेकी थापाले राहतमा समेत महिला तथा जेष्ठ नागरिकको पहँुच नपुगेको बताउनुभयो। थापाका अनुसार राहत लिने क्रममा हुने हुलमुलमा महिला र जेष्ठ नागरिक जान नसक्ने भएकाले राहतको पहुँचमा उनीहरू पुगेका छैनन्।
साथै आफूलाई  अति आवश्यक पर्ने सरसामान घरबाट निकाल्न नपाएकाले महिलालाई लत्ता कपडा र शौचालयको ठूलो समस्या देखिएको थापाले बताउनुभयो।भूकम्पका कारण महिलालाई अझ बढी बोझ थपिएको दलित महिला संघ फेडोका सचिव पुण्यवती रम्तेलको अनुभव छ। राहत सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रमा जाने क्रममा  बाल बच्चा र वस्तुभाउको हेरचाह गर्ने काम महिलालाई थपिएको अनुभव आफूले गरेको रम्तेलले बताउनुभयो।
भुकम्प प्रभावित गाउँहरूमा ७/८ सय जना एउटै पाल मुनि बस्नुपर्दा महिलाले झनै समस्या झेलिरहेका महासंघका अध्यक्ष शर्मिला कार्की  बताउनुहुन्छ।आफ्नो घरवास पूर्णरुपमा क्षति भएका परिवार झनै पीडामा रहेको कार्कीको भनाइ छ। त्यसकारण त्यस्ता परिवारलाई तत्काल मनोसामाजिक विमर्शको आवश्यकता रहेको कार्कीले औंल्याउनुभयो।
उहाँले भन्नुभयो ‘सरकारको राहत तथा उद्धार समितिमा म पनि भएकीले आफू गएको ठाउँमा त्यस्ता परिवारलाई सरकारले घर बनाइदिने कुरा गरेकी छु। त्यसले पनि उनीहरूले राहत महसुस गरेका छन्।’
ठूलो कुरा होन गाँस र बासको सुनिश्चितताका बारेमा मात्रै जानकारी दिए पनि अहिले भूकम्प पीडितलाई ठूलो राहत हुने कार्कीको भनाइ छ। साथै अव सरकारले लैजाने राहत र उद्धार कार्यक्रमलाई महिलाअनुकूल बनाउन समेत आफूले पहल गर्ने कार्कीले बताउनुभयो।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: