बालबालिका काठमाडौं पठाएर गलत गर्‍याैंः प्रमुख जिल्ला अधिकारी धादिङ


प्रकाशित मिति :2015-05-08 15:25:53

महिला खवर
ललितपुर, वैशाख २५। उत्तरी धादिङको भूकम्प पीडित गाउँबाट ललितपुरको एउटा स्कूलले काठमाडौं ल्याएका बालबालिका जिल्ला बालकल्याण समिति धादिङले फिर्ता गरी सदरमुकामै आश्रयको व्यवस्था मिलाउने भएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बालबालिकालाई शुक्रबार साँझसम्म धादिङ फिर्ता गरी सदरमुकाम धादिङबेशीमा नै उनीहरूको बसोबासको व्यवस्था गर्ने बताउनुभयो।
उत्तरी धादिङको झार्लाङ र रि गाविसका ४६ जना बालबालिका ललितपुर नख्खुको निर्मल सेकेन्डरी स्कुलका प्रिन्सिपल सिपोरा अधिकारी लामा सहितका टोलीले बिहीबार काठमाडौं ल्याएका थिए।विपदको मौका छोपी अनधिकृत रुपमा बालबालिका काठमाडौं ल्याएको समाचार सार्वजनिक भएपछि दबाबमा परेका प्रमुख जिल्ला अधिकारी घिमिरेले तुरुन्तै बालबालिका फिर्ता गर्न स्कूलका प्रतिनिधिलाई अनुरोध गरेका थिए।
यद्यपि शुक्रबार दिउँसोसम्म बालबालिका धादिङ पुगेका छैनन्। साँझसम्म बालबालिका धादिङ पुग्ने पनि प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभएको छ। ‘बालबालिकाका अभिभावक नै आएर घरमा बस्ने ठाउँ भएन हाम्रा बालबालिका काठमाडौं पठाउँछौं भने’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भन्नुभयो, ‘अभिभावक र विद्यालयका प्रधानाध्यापकले समेत आश्रयका लागि पठाउँछौं भनेपछि हामीले पनि हुन्छ भनेर स्वीकृति दिएका हौं।’
उहाँले यस्तो प्रकोपको बेला बालबालिका दुर्व्यवहार वा बेचविखनमा पर्न सक्ने अनुमान आफूले गर्न नसकेको स्वीकार गर्नुभयो। उहाँले थप्नुभयो, ‘भूकम्पले घरपरिवार नै ध्वस्त भएका बेला केही समय राखेर खानपानको व्यवस्था गर्ने भन्ने मात्रै सोच्यौं, बालबालिका बेचविखन वा दुर्व्यवहारमा पर्लान् भन्ने अनुमान नै भएन।’
झर्लाङ र रि गाविसका बालबालिका लिन निर्मल विद्यालयका प्रतिनिधि बस नै रिजर्भ गरेर धादिङ पुगेका थिए। जिल्ला बाल कल्याण समितिमा गाउँबाट बालबालिका लिएर काठमाडौं पठाउन अभिभावक धादिङबेशी आएको थाहा पाएपछि प्रजिअ घिमिरेलाई खबर भएको थियो। प्रजिअ घिमिरेले पनि बालबालिकाको अभिलेख राखेर पठाइदिनु भन्ने आदेश दिनुभयो। त्यसैको आधारमा बालबालिका काठमाडौं ल्याइएको हो।
‘बालबालिकाको बस्ने समेतको व्यवस्था नभइ काठमाडौं ल्याइएको रहेछ’ केन्द्रीय बालकल्याण समितिका निर्देशक तारक धितालले भन्नुभयो, ‘अभिभावक भएका बालबालिकालाई विना स्वीकृति ल्याइएको थाहा पाएपछि तुरुन्तै धादिङ फिर्ता पठाउन निर्देशन दिएका छौं।’
विद्यालयकी प्रधानाध्यापक सिपोरा अधिकारी लामाले शुक्रबार नै धादिङ पुर्‍याइदिने प्रतिवद्धता जनाएको पनि उहाँले बताउनुभयो। धितालले थप्नुभयो, ‘बालबालिकालाई परिवारमा पुर्नमिलन गराउन पुर्‍याइदिन्छौं भनेका छन्।’
बिहीबार धादिङबाट काठमाडौं ल्याइएका ४६ जना बालबालिकालाई निर्मल सेकेन्डरी स्कुलमा अस्तव्यस्त रुपमा राखिएको पनि उहाँले बताउनुभयो।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: