तत्काल पुर्ननिर्माण नभए दश लाख बालबालिका स्कुल बन्चित : युनिसेफ


प्रकाशित मिति :2015-05-08 16:04:48

महिला खवर
ललितपुर, वैशाख २५ । संयुक्त राष्ट्र संघीय बाल कोष (युनिसेफ)ले भूकम्पबाट भत्किएका स्कुल तत्काल नबनाउने हो भने करिब १० लाख बालबालिका स्कुल जानबाट वञ्चित हुने जनाएको छ।  युनिसेफले  शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार महाभूकम्प प्रभावित क्षेत्रका  २४ हजार कक्षा कोठामा क्षति पुगेको र महाभूकम्पपछिका पराकम्पनले अझै धेरैमा क्षति पुग्न सक्नेछ।
महाभूकम्पअघि सुरु भएको शैक्षिक सत्रमा साढे नौ लाख बालबालिका विद्यालय भर्ना भए पनि भूकम्पपछि भवनमा पुगेको क्षतिका कारण उनीहरूको पढाइ अनिश्चित बनेको युनिसेफकी आवासीय प्रतिनिधि तोमो होजुमीले बताउनुभएको छ।
भूकम्प प्रभावित बालबालिकालाई तत्काल शुद्ध खानेपानी, बास र अल्पकालीन विद्यालयको व्यवस्था हुनपर्ने सुझाव विज्ञप्तिमा छ।
यी व्यवस्थाले बालबालिकाको शिक्षाले निरन्तरता पाउनुका साथै उनीहरूमाथि  हुनसक्ने दुर्व्यवहार र शोषणबाट जोगाउन सकिन्छ विज्ञप्तिमा भनिएको छ। गोर्खा, सिन्धुपाल्चोक र नुवाकोटमा ९० प्रतिशत विद्यालय भत्केका, धादिङमा ८० प्रतिशत विद्यालय कामै नलाग्ने गरी पूर्ण रुपमा क्षतिग्रस्त भएको र काठमाडौं र भक्तपुरमा  करीव १० भन्दा बढी विद्यालय भवन आपतकालीन आवासका लागि प्रयोग गरिएको युनिसेफले जनाएको छ।
नेपालमा २५ वर्षमा प्राथमिक बिद्यालयमा  बढेको भर्ना दरलाई महाभूकम्पले अवरोध गर्नसक्ने तर्फ चिन्तित बनाएको युनिसेफले जनाएको छ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: