भूकम्पमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण राज्य गर्छः प्रधानमन्त्री


प्रकाशित मिति :2015-05-08 16:08:16

सञ्चारिका अनलाइन
ललितपुर, वैशाख  २५। विनाशकारी भूकम्पमा अभिभावक गुमाएका बालबालिकाको पालनपोषण र शिक्षाको व्यवस्था राज्यले गर्ने भएको छ। भूकम्पपछि बसेको संसदको हिँउदे अधिवेशन अन्तर्गत शुक्रबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले अभिभावक गुमाएका बालबालिकाको संरक्षण राज्यले गर्ने बताउनुभएको हो।
उहाँले विपतमा परेका जनताको सुरक्षाको लागि सरकारले विशेष सुरक्षा व्यवस्था लागु गर्ने पनि बताउनुभयो। विपतमा परेकाको नाममा आएको राहतमा पक्षपात वा हिनामिना भए सरकारले त्यस्ता व्यक्तिलाई कारबाही गर्ने पनि उहाँले जानकारी दिनुभयो।
संसद अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले भूकम्पमा घर क्षति भएका परिवारलाई दुई लाख रुपैयाँ घर बनाउन राहत दिने घोषणा समेत गर्नुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: