राहत टाठाबाठाका लागिमात्रै


प्रकाशित मिति :2015-05-10 12:40:25

महिला खवर
 कास्की, वैशाख २७।  विनाशकारी भूकम्पमा महिला बढि प्रभावित भएको भन्दै महिलाअनुकूल राहतमा ध्यान दिन पोखरामा आयोजित  एक कार्यक्रका सहभागी महिलाले ध्यानाकर्षण गराएका छन्।
 प्रेस स्वतन्त्रता दिवसको सन्दर्भ पारेर संचारिका समूह पश्चिमाञ्चल र राष्ट्रिय मानव अधिकार आयोग पश्चिमाञ्चलको संयुक्त आयोजनामा प्रकोपमा जिम्मेवार पत्रकारिता विषयक अन्तक्रिया कार्यक्रममा सहभागीले राहत र पुनर्स्थापनाका क्रममा महिलाकाे अावश्यकतालाई विशेष ध्यान दिन अाग्रह गरेका हुन् ।
 कार्यक्रमका प्रमुख अतिथि प्रेस स्वतन्त्रता सेनानी माधव शर्माले संचार क्षेत्रमा भएका अवाञ्छनीय क्रियाकलापलाई निरुत्साहित गर्दै विनाशपछि को अवस्था झनै चुनौती पूर्ण रहेकाले पत्रकारहरूलाई थप जिम्मेवार हुन आग्रह गर्नुभयो।
उहाँले महिला तथा बालबालिको अवस्था र उनीहरूको समस्यामाथि समेत सञ्चार माध्यमले ध्यान दिन जरुरी रहेको बताउनु भयो।
अधिकारकर्मी विना सिलवालले टाठा बाठा सिधै राहत खोस्न जाने प्रवृत्ति बढेको भन्दै सुत्केरी, गर्भवती र एकल महिलाको  राहतमा पहुँच पुग्न नसकेको बताउनुभयो। त्यसैगरी अपाङ्गता भएकाहरूले झन राहत पाउन नसेकेको  भएको उहाँको भनाइ थियो।
अधिवक्ता सरला पाण्डेले महिलाअनुकूल राहत प्याकेजकालागि संचारमाध्यमले प्रचार प्रसार गरिदिनुपर्ने बताउनुभयो।
वरिष्ठ मानव अधिकारकर्मी टेकनाथ बरालले  शोकलाई शक्तिमा बदलेर विनाशलाई विकासमा परिवर्तन गर्न सबैले आ—आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्ने बताउनु भयो।
राष्ट्रिय मानव अधिकार आयोग पश्चिमाञ्चलका प्रमुख डा. टिकाराम पोखरेलले प्रकोपले निम्त्याएका धेरै समस्यालाई संचाकर्मीले सहि सूचना दिई समाधान तर्फ उन्मुख गराउनुपर्ने सुझाव दिन सक्ने बताउनु भयो। साथै  उहाँले महिलाका विभिन्न जैविक समस्यालाई ध्यान दिएर राहत प्याकेज उपलब्ध गराउन समेत आग्रह गर्नुभयो।
पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्टले महाभूकम्पले अहिले सम्म ९८७ पत्रकार प्रभावित भएको, ४३७ पत्रकारको घर र ४३ संचारमाध्यममा क्षति पुर्‍याएकाे तथ्याङ्क प्रस्तुत गर्दै यस्तो अवस्थामा पनि पत्रकार र  सञ्चार माध्यमले आफ्नो जिम्मेवारी निर्वाह गरेको बताउनुभयो।
पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले सहि समाचार सम्प्रेषण गर्नु पत्रकारको पेशागत धर्म र मर्म हुँदा हुँदै पनि कहिलेकाहिँ पत्रकारले स्रोत पुष्टि नगरीकन समाचार संम्प्रेषण गरिदिदाँ त्यसले ठूलो असर पार्ने गरेकोतर्फ सचेत हुन आग्रह गर्नुभयो।
 कार्यक्रममा पत्रकार दुर्गा अधिकारीले प्रकोपमा जिम्मेवार पत्रकारिता विषयक कार्यपत्र प्रस्तुत गर्दै नागरिक पत्रकारितामा जोड दिनुपर्ने बताइन्।
कार्यपत्रमाथि पत्रकार वद्रि विनोद प्रतिक, पुण्य पौडेल, दिनानाथ बराल र अधिकार कर्मी खगराज आर्चाय, विना सिलवाल कृपा भण्डारीलगायतले आफ्नो भनाइ राखेका थिए ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: