प्रकाशित मिति :2015-05-10 13:26:55
महिला खवर
काठमाडौँ, वैशाख २७ । महिलाका निम्ति महिला मञ्च नेपाल महिनावारी हुँदा लगाउने सेनेटरी न्याप्किन बनाउने तालिम सुरु गरेको छ। मञ्चले ५० जना महिलालाई वातावरणअनुकूल सेनेटरी न्याप्कीन बनाउने तालिम दिन सुरु गरेको हो। यो तालिमपछि सहभागी महिलाले सेनेटरी न्याप्कीन उत्पादन गर्ने मञ्चले जनाएको छ।
यसैगरि मञ्चले काठमाडौंको गँगबुमा भूकम्पपीडित ५०० लाई दुइ सातादेखि निःशुल्क खाना र बस्ने व्यवस्था गरेको छ।
विनाशकारी भूकम्पले घरबारविहीन भई खानबस्न समस्या भएकालाई नियमित रूपमा सेवा दिँदै आएको उक्त संस्थाले जनाएको छ। साथै त्यस क्षेत्रमा समय समयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्य परीक्षणसमेत गरिएको छ।
मञ्चले मनमैजुमा छ दिनदेखि स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीयवासीको स्वास्थ्य परिक्षण गरेको छ। भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका सुत्केरी तथा महिलालाई सुत्केरी सामग्री तथा किशोरी महिलालाई स्वास्थ्य सेवा र स्थानीयवासीलाई चामल, दाल, तेल, नुनलगायत खाद्य सामग्री राहतस्वरुप उपलब्ध गराइएको मञ्चका अध्यक्ष सिर्जना पुनले जानकारी दिनुभयो।
उहाँले आगामी दिनमा विभिन्न सङ्घसंस्थाको सहयोग र सहकार्यमा नुवाकोट, धादिङलगायत स्थानमा बालबालिकालाई परामर्श तथा खेलौना उपलब्ध गराइने बताउनुभयो।
Like this:
Like Loading...
Comment Here!